Trending
Prev Story
Next Story

स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप

Nagarik News •
October 23, 2026 • 12:56 PM
1
1 reads 0 reactions

सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।

स्यालको टोकाइबाट घाइते व्यक्ति र पशुचौपायालाई रेबिजविरुद्धको खोप

उदयपुरको त्रियुगा नगरपालिका-२ खैजनपुरमा बहुलाएको स्यालले एक व्यक्तिसहित पशुचौपायालाई टोकेको छ।

सुरुमा पशुचौपायालाई मात्र टोकेको जानकारी आए पनि पछि एक व्यक्तिलाई समेत टोकेको पाइएको हो।

तीन दिनअघि गाउँमा एक्कासि देखा परेको स्यालले बुधबार साँझ पशुचौपायालाई टोकेर घाइते बनाएको वडाध्यक्ष घमानसिंह खत्रीले बताए। उनका अनुसार सुरुमा भैँसी, पाडो र बाख्रालाई स्यालले टोकेर घाइते बनाएको जानकारी आएको थियो। पछि एक व्यक्तिलाई समेत स्यालले टोकेको पाइएको हो।

स्यालले बाटोमा चर्दै गरेका र गोठमा बाँधेर राखिएका पशुचौपायालाई टोकेको थियो। घाइते पशुचौपायालाई रेबिजविरुद्धको खोप दिन गाउँ पुगेका पशु प्राविधिकले एक व्यक्तिलाई समेत स्यालले टोकेको फेला पारेका हुन्।

वडा कार्यालयका पशु प्राविधिक छेदीलाल चौधरीका अनुसार स्यालको टोकाइबाट खैजनपुरका ६० वर्षीय वीरबल कार्की घाइते भएका छन्। खेतमा घाँस काट्दै गरेका कार्कीलाई स्यालले खुट्टामा टोकेको परिवारलाई उद्धृत गर्दै चौधरीले बताए।

उनलाई शुक्रबार बिहान जिल्ला अस्पताल गाईघाट लगेर रेबिजविरुद्धको खोप दिइएको छ।

त्रियुगा नगर पशु शाखाका भेटेरिनरी अधिकृत चुडामणि थापाका अनुसार बिहीबार र शुक्रबार खैजनपुरका विभिन्न कृषकका ११ वटा पशुचौपायालाई रेबिजविरुद्धको खोप दिइएको छ।

स्यालको टोकाइबाट एक व्यक्ति, एउटा भैँसी, दुईवटा पाडा, एउटा गाईको बाछो र सातवटा बोका-बाख्रा घाइते भएको जानकारी दिए। पशु प्राविधिकले घरघर पुगेर घाइते पशुचौपायालाई खोप लगाएका थिए।

प्रकाशित: ६ कार्तिक २०८३ १८:४१ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →
Onlinekhabar
10h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →
Hamro Patro News
1d ago
मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर हाइस दुर्घटना अपडेट : मृतक १४ जनाकै पहिचान खुल्यो, ३ घाइते डिस्चार्ज

मकवानपुर । मकवानपुरको भीमफेदी सडकखण्डमा भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएका ६ जनामध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन् ।

#घाइते
Compare →

Related Stories

Technology
Build #2611