Trending
Prev Story
Next Story

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

Nagarik News •
October 23, 2026 • 11:43 AM
3
3 reads 0 reactions

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो।

उच्च अदालतले भन्यो: मैथिली, भोजपुरी र बज्जिकालाई मधेशको सरकारी कामकाजको भाषा बनाउनू

मधेश प्रदेशमा नेपाली भाषाबाहेक मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजमा प्रयोग गर्न आवश्यक कानुनी व्यवस्था गर्न उच्च अदालत जनकपुरले निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतले भाषिक अधिकारलाई मौलिक हकसँग जोड्दै संविधानप्रदत्त अधिकारको प्रभावकारी कार्यान्वयनका लागि कानुन निर्माण गर्नु राज्यको दायित्व भएको व्याख्या गरेको छ।

उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवर र न्यायाधीश श्यामकुमार भट्टराईको संयुक्त इजलासले रुक्शना कपालीले दायर गरेको परमादेशसम्बन्धी रिटमा यस्तो आदेश दिएको हो। हालै सार्वजनिक भएको फैसलाको पूर्णपाठमा संविधानको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकसँग तादात्म्यता हुने गरी आवश्यक कानुनी व्यवस्था गर्न विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरिएको उल्लेख छ।

अदालतको आदेशअनुसार भाषा आयोगले २०७८ सालमै सरकारी कामकाजको भाषासम्बन्धी सिफारिस नेपाल सरकारसमक्ष पेस गरेको थियो। उक्त सिफारिसमा मधेश प्रदेशमा मैथिली, भोजपुरी र बज्जिका भाषालाई सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सिफारिस गरिएको थियो।

मुद्दाको सुनुवाइका क्रममा मधेश प्रदेश सरकार र सम्बन्धित मन्त्रालयहरूले पेस गरेका लिखित जवाफअनुसार प्रदेश सरकारले नेपालीबाहेक मैथिली, भोजपुरी, बज्जिकालगायत भाषालाई सरकारी कामकाजको भाषा बनाउने उद्देश्यले ‘प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ प्रदेशसभामा पेस गर्ने प्रक्रिया अघि बढाएको थियो।

प्रदेश मन्त्रिपरिषद्ले २०८१ कात्तिक ८ गते उक्त विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति दिएको थियो। तर, मन्त्रिपरिषद्ले २०८१ माघ ११ गते प्रदेशसभामा पेस गरिएको विधेयक फिर्ता लिने निर्णय गरेको अदालतको आदेशमा उल्लेख छ।

प्रदेश सरकारले पनि आफ्नो लिखित जवाफमा विधेयक फिर्ता लिएको तथ्य स्वीकार गरेको थियो। यसरी कानुन निर्माणको पहल भए पनि प्रक्रिया अन्तिम निष्कर्षमा पुग्न नसकेको अदालतले औँल्याएको छ।

प्रदेशसभा सचिवालयले कानुन निर्माण गर्ने अधिकार प्रदेशसभाको भएको जिकिर गर्दै रिट खारेज गर्न माग गरेको थियो। शिक्षा तथा संस्कृति मन्त्रालयले रिट दायर हुनुअघि नै विधेयक प्रदेशसभामा पेस भइसकेको आधारमा निवेदन खारेज गर्न माग गरेको थियो। गृह, सञ्चार तथा कानुन मन्त्रालयले भने भाषासम्बन्धी कानुन तर्जुमा गर्ने क्षेत्राधिकार शिक्षा तथा संस्कृति मन्त्रालयमा रहेको जिकिर गरेको थियो।

अदालतले भाषिक अधिकारसम्बन्धी संवैधानिक व्यवस्थालाई नीतिगत घोषणा वा प्रतीकात्मक व्यवस्थामा मात्र सीमित गर्न नमिल्ने व्याख्या गरेको छ। संविधानले प्रत्याभूत गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण गर्नु राज्यको दायित्व भएको फैसलामा उल्लेख छ।

आदेशमा भाषिक न्याय र समावेशी शासनका सिद्धान्तलाई समेत महत्त्व दिइएको छ। बहुभाषिक समाजमा राज्यले विभिन्न भाषिक समुदायको पहिचान, सम्मान र सहभागिता सुनिश्चित गर्नुपर्ने अदालतको ठहर छ।

अदालतले समानताको अवधारणा औपचारिक समानतामा मात्र सीमित नहुने उल्लेख गर्दै ऐतिहासिक रूपमा पछाडि पारिएका भाषिक समुदायको सशक्तीकरणका लागि आवश्यक उपाय अवलम्बन गर्नुपर्ने जनाएको छ। राज्यको संरचना, प्रशासनिक प्रक्रिया, शिक्षा प्रणाली र न्यायिक संयन्त्रमा भाषिक विविधताको समुचित समावेश आवश्यक रहेको फैसलामा उल्लेख छ।

भाषिक विविधताको अवहेलनाले राज्यका नीति तथा सेवा प्रवाहबाट केही समुदाय बहिष्करणमा पर्न सक्ने र त्यसले दीर्घकालीन रूपमा असमानता तथा असन्तोष बढाउन सक्ने विषय पनि अदालतले औँल्याएको छ।

विधेयक प्रदेशसभामा पेस भएर पनि फिर्ता लिइएको तथ्यले भाषासम्बन्धी कानुन निर्माण प्रक्रिया पूरा नभएको स्पष्ट भएको अदालतको ठहर छ। त्यसैले संविधानमा व्यवस्था गरिएको भाषा तथा संस्कृतिसम्बन्धी मौलिक हकसँग तादात्म्यता हुने गरी आवश्यक कानुनी प्रबन्ध गर्न अदालतले निर्देशनात्मक आदेश जारी गरेको हो।

प्रकाशित: ६ कार्तिक २०८३ १७:२८ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

कोशीमा आजदेखि नेपालीबाहेक थप १३ भाषाले सरकारी कामकाजको मान्यता पाउँदै

विराटनगर / कोशी प्रदेश सरकारले नेपाली भाषाबाहेक थप १३ भाषालाई प्रदेशको सरकारी कामकाजको भाषाका रूपमा आजदेखि कार्यान्वयनमा ल्याएको छ।

#भाषा #कामकाज
Compare →
Ekantipur
2d ago
१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज

१३ भाषालाई सरकारी कामकाजको मान्यता: नेपालीसँगै अब कोशीमा १४ भाषामा सरकारी कामकाज

प्रदेश सरकारले भाषिक विविधतालाई कानुनी रूपमा संस्थागत गर्दै नेपालीबाहेक १३ भाषालाई सरकारी कामकाजमा प्रयोग गर्ने व्यवस्था आजदेखि कार्यान्वयनमा ल्याएको हो।

#भाषा #कामकाज
Compare →
Onlinekhabar
3d ago
सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

सरकारी कामकाजमा प्रणालीमा नेपाल संवतको प्रयोग विस्तार गर्नुपर्छ : सभामुख अर्याल

२४ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवतको प्रयोग सरकारी कामकाज, सार्वजनिक अभिलेख, शैक्षिक क्षेत्र र डिजिटल प्रणालीमा विस्तार गर्नुपर्ने बताएका छन् । मंगलबार भक्तपुरमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेपाल संवत ११४७ नयाँ वर्षको …

#कामकाज
Compare →
Arthasansar
6d ago
‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित

तन्त्रविद् सन्दीप सापकोटाद्वारा अनुवाद तथा सम्पादन गरिएको प्राचीन तान्त्रिक ग्रन्थ ‘कुलार्णवतन्त्र’ नेपाली भाषामा प्रकाशित भएको छ । तन्त्रचर्चा परिवारद्वारा प्रकाशित...

#भाषा
Compare →

Related Stories

National (Nepal)
Build #2612