Trending
Prev Story
Next Story

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दु:ख व्यक्त

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ कात्तिक, काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दु:ख व्यक्त गरेको छ । एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले …

साउदीमा एक नेपालीको मृत्युप्रति एमालेद्वारा दु:ख व्यक्त

६ कात्तिक, काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका क्रममा खसेको भग्नावशेष लागेर एक नेपालीको मृत्यु भएको घटनाप्रति नेकपा (एमाले)ले दु:ख व्यक्त गरेको छ ।

एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले आज विज्ञप्तिमार्फत् दिवंगत नेपाली नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेकी छिन् ।

विज्ञप्तिमा निर्दाेष नागरिकको ज्यान जाने गरी हुने हिंसात्मक घटना मानवीय मूल्य–मान्यताविपरीत रहेको जनाइएको छ । सो पार्टीले विश्व शान्तिको पक्षमा आफूहरू सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता अमानवीय घटनाको निन्दा गरेको छ ।

नेपाल प्रत्यक्ष रूपमा संलग्न नरहेको वैदेशिक द्वन्द्वका कारण नेपाली नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था अत्यन्तै दु:खद र चिन्ताजनक रहेको एमालेको भनाइ छ ।

वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको सुरक्षा र हित सुनिश्चित गर्न एमालेले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

आज विश्व मधुमेह दिवसः जीवन शैली सुधारे मधुमेहबाट बच्न सकिन्छ

काठमाडौँ । २८ कात्तिकः आज विश्व मधुमेह दिवस हो । विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ । मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथा...

#कात्तिक #काठमाडौं
Compare →
Bizshala
21h ago
सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

सरकारले दियो सोमबारपनि सार्वजनिक बिदा

काठमाण्डौ । सरकारले छठ पर्वका अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। यसअघि कात्तिक २९ गते आइतबार...

#कात्तिक #काठमाडौं
Compare →

Related Stories

Politics & Governance
Build #2612