Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

Ekantipur •
November 25, 2026 • 02:02 PM
11
11 reads 0 reactions

कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ ।

काठमाडौँ — कर्णाली प्रदेशमा भइरहेको दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा हुने भएको छ । प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ बाट हुनेछ । यसअघि नै प्रतियोगिताका विभिन्न खेल भने सुरु भइसकेका छन् । प्रतियोगिता मंसिर २७ मा टुंगिनेछ ।

कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यसको मुख्य प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक्स रहेको छ । नेपालको गौरवका रूपमा रहेको राष्ट्रिय प्रतियोगिता प्रत्यक्ष प्रसारण गर्न पाएकोमा कान्तिपुर म्याक्सले खुसी व्यक्त गरेको छ ।

कान्तिपुर मिडिया ग्रुपका एजीएम सागर केसीले प्रतियोगिताको प्रत्यक्ष प्रसारणले यसको व्यापकता र महत्त्व बढ्ने विश्वास व्यक्त गरे । उनले भने, ‘यसले राष्ट्रिय खेलकुद बढीभन्दा बढी दर्शकसम्म पुग्नेछ र नेपाली खेलकुदको विकासमा मद्दत पुग्नेछ ।’

यस्तै, एक्सट्रिम इनर्जी ड्रिंक्सकी बिजनेस हेड सोनिया रानाले भनिन्, ‘आम नेपाली खेलकुदप्रेमीमाझ अब दसौं राष्ट्रिय खेलकुद पुग्ने भएको छ । लोकप्रिय प्रतियोगितासँग राष्ट्रिय प्रतियोगिता टीभीमा आउँदा यसले अन्य धेरै खेलकुदको विकासमा पनि मद्दत पुग्नेछ ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक

दसौं राष्ट्रिय खेलकुदको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्समा, एक्सट्रिम इनर्जी ड्रिंक्स मुख्य प्रायोजक कान्तिपुर म्याक्स र राष्ट्रिय खेलकुद परिषद्बीच प्रत्यक्ष प्रसारणका लागि सम्झौता भएको हो । यस...

#खेलकुद #प्रत्यक्ष #प्रसारण
Compare →
Nagarik News
1d ago
दसौं खेलकुद आज सुरु हुँदै

दसौं खेलकुद आज सुरु हुँदै

कर्णाली प्रदेशमा पहिलो पटक हुन लागेको खेलकुदको महाकुम्भ मंगलबार सुरु हुँदै छ। औपचारिक उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाहले मंसिर १६ गते गर्ने भए पनि केही खेल मंगलबारबाटै खेलाइनेछन्।

#खेलकुद #दसौं
Compare →
Arthasansar
14h ago
कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ भोलिबाट खुल्दै, कस्तो छ कम्पनी ?

कान्तिपुर फर्मास्युटिकल्सको आईपीओ भोलिबाट खुल्दै, कस्तो छ कम्पनी ?

कान्तिपुर फर्मास्युटिकल्सले कम्पनीले भोलि मंसिर १० गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक...

#कान्तिपुर
Compare →
Onlinekhabar
5d ago
१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

१०औं राष्ट्रिय खेलकुद : पौडीमा दोस्रो दिन चार राष्ट्रिय कीर्तिमान, बागमती र एनआरएको दबदबा कायमै

९ मंसिर, काठमाडौं । १०औं राष्ट्रिय खेलकुद अन्तर्गत नेपालगन्जमा भइरहेको पौडी प्रतियोगिता तथा २३औं राष्ट्रिय पौडी च्याम्पियनसिपको दोस्रो दिन बुधबार चार नयाँ राष्ट्रिय कीर्तिमान बनेका छनु । नेपालगन्ज रंगशालास्थित पौडी पोखरीमा भएको प्रतियोगितामा तीन खेलाडीले राष्ट्रिय …

#खेलकुद
Compare →

Related Stories

Sports
Build #2635