Trending
Prev Story
Next Story

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
20
20 reads 0 reactions

८ मङ्सिर, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र …

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध आरोपपत्र दायर

८ मङ्सिर, काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

प्यूठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सोमै मगरले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी रूम्जाटार माध्यमिक विद्यालय र त्यसपछि खानेपानी मन्त्रालय सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवलमा सव–इन्जिनियर पद (करार) मा जागिर खाएको भन्दै आयोगले उनीविरुद्ध आरोपपत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार करारका कर्मचारी मगरले डिप्लोमा इन सिभिल इन्जिनियरिङ तहको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सानोठिमी, भक्तपुरबाट जारी भएको देखिने झुट्टा तथा नक्कली प्रमाणपत्र पेस गरी सार्वजनिक पद, ओहदा, लाभ र सुविधा लिएको देखिएकाले आरोपपत्र दायर गरिएको हो ।

करार कर्मचारी मगरलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर

नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्ने कर्मचारीविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर करार सेवामा कार्यरत एक कर्मचारीविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । प्युठानको सरूमारानी गाउँपालिका–४ का भोजबाबु सो...

#नक्कली #प्रमाणपत्र #दायर
Compare →
Nagarik News
1d ago
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुईतिर जागिर खानेविरुद्ध अख्तियारको मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी दुईतिर जागिर खानेविरुद्ध अख्तियारको मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक र सव-इन्जिनियरको जागिर खाएको आरोपमा प्यूठानका भोज बाबु सोमै मगरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

#नक्कली #प्रमाणपत्र
Compare →

Related Stories

Education & Youth
Build #2635