त्रिशूली (नुवाकोट), ८ मङ्सिर । भोटेकोसी बाढीका क्रममा पुगेका भौतिक संरचना क्षतिको पुनर्निर्माणसहित पूर्वाधार विकासका योजना कार्यान्वयन गर्न नुवाकोटमा पूर्वाधार विकास डिभिजन कार्यालय स्थापना गरिएको छ ।
नुवाकोटसहित रसुवा र धादिङलाई सेवा दिने गरेर विदुरमा कार्यालय सञ्चालनमा ल्याएको डिभिजन प्रमुख (सिनियर डिभिजनल इञ्जिनियर) सचिन्द्रकुमार यादवले जानकारी दिए । उनका अनुसार बाढीले क्षति पुगेका सडक सञ्जाल, पक्की र झोलुङ्गे पुलको पुनर्निर्माण एवं नवनिर्माणसहित यहाँको आवश्यकताका आधार थप योजना कार्यालयले सञ्चालन गर्नेछ ।
Read full story at source ( reportersnepal.com )