Trending
Prev Story
Next Story

दसौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी ५ खेलमा हुनेछन् प्रतिस्पर्धा

Ekantipur •
November 24, 2026 • 04:03 AM
14
14 reads 0 reactions

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् ।

दसौं राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु, आज यी ५ खेलमा हुनेछन् प्रतिस्पर्धा

औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीका प्रतिस्पर्धा आजदेखि सुरु हुँदैछन् ।

काठमाडौँ — दसौं  राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु हुँदैछन् ।

औपचारिक उद्‍घाटन मंसिर १६ गते हुने भए पनि केही खेलहरु भने आजदेखि नै सुरु हुन लागेका हुन् ।

आज मंगलबारदेखि ५ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी खेल छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार कुल ३२ खेलमध्ये अधिकांश अर्थात् २३ वटा खेल सुर्खेतमै केन्द्रित हुनेछन् ।

बाँकी ९ खेलमध्ये कर्णाली प्रदेशका सल्यान, दैलेख, कालीकोट, जुम्ला र पश्चिम रुकुम तथा छिमेकी लुम्बिनी प्रदेशको नेपालगञ्ज र बर्दियामा हुने भएको छ ।

दसौं राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएनए गरी ११ टिम सहभागी हुने यस प्रतियोगितामा ३८४ इभेन्ट्समा कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।

यस संस्करणदेखि रजत र कास्य पदक विजेतालाई समेत पहिलोपटक नगद पुरस्कारको व्यवस्था गरिएको छ ।

आगामी मंसिर १६ गते सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रंगशालामा प्रतियोगिताको औपचारिक उद्घाटन र मंसिर २७ गते समापन हुने तय भएको छ ।

विनयज्योति सापकोटा कान्तिपुर टेलिभिजनका खेलकूद संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1d ago
दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु

दसौंँ राष्ट्रिय खेलकुदका खेलहरू आजदेखि सुरु

दसौंँ राष्ट्रिय खेलकुद प्रतियोगिताका प्रतिस्पर्धा आजदेखि सुरु हुँदै छन् । कर्णाली प्रदेशमा आयोजना हुने प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते हुने भए पनि केही खेलका प्रतिस्पर्धा भने उद्घ...

#आजदेखि #प्रतिस्पर्धा #खेलकुद
Compare →
Nagarik News
12h ago
दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा

दशौं राष्ट्रिय खेलकुद : आज पाँच खेलमा प्रतिस्पर्धा

दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन्।

#प्रतिस्पर्धा #खेलकुद #खेलमा
Compare →

Related Stories

Sports
Build #2625