Trending
Prev Story
Next Story

सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
16
16 reads 0 reactions

८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । भूकम्पको …

सिक्किमको मंगन नजिक भूकम्प, कोशी प्रदेशमा पनि धक्का महसुस

८ मंसिर, काठमाडौं । भारत सिक्किमको मंगन जिल्ला आसपास आज बिहान ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । नेपाली समय अनुसार आज बिहान पौने सात बजेतिर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पको धक्का नेपालको कोशी प्रदेशका केही जिल्लामा पनि महसुस भएको छ । भूकम्पले क्षति पुगे/नपुगेको विवरण भने आइसकेको छैन ।

भूकम्पको केन्द्रविन्दु सिक्किम राज्यको मंगन क्षेत्रको करिब ६७ किलोमिटर दूरीमा रहेको र १० किलोमिटर गहिराइमा गएको यूएसजीएसले उल्लेख गरेको छ ।

मंगन भारतको सिक्किम राज्यको उत्तरी भागमा पर्ने जिल्ला हो । यो नेपालको ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला नजिक पर्दछ ।

टिस्टा नदी आसपास अवस्थित यो शहर सिक्किमको राजधानी गान्तोकसँग सडकमार्गबाट जोडिएको छ । क्षेत्रफलका हिसाबले मंगन सिक्किमको सबैभन्दा ठूलो जिल्ला पनि हो ।

मंगनबाट उत्तरी सिक्किमका लाचुङ, चुङथाङ र लाचेनजस्ता पर्यटकीय क्षेत्र पुग्न सकिन्छ । हिमाली भूभागमा अवस्थित मंगन तिब्बती पठारतर्फको प्रवेश क्षेत्रका रूपमा पनि परिचित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
1d ago
दार्चुलाको हुती र भारत सीमा आसपास ४ म्याग्निच्युडको भूकम्प

दार्चुलाको हुती र भारत सीमा आसपास ४ म्याग्निच्युडको भूकम्प

दार्चुलाको हुती र भारत सीमा क्षेत्र आसपास केन्द्रविन्दु भएर मंगबलार साँझ ४ म्याग्निच्युडको भूकम्प गएको छ।

#भूकम्प #भारत
Compare →
Ekantipur
2d ago
ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

ताप्लेजुङमा भूकम्प, केन्द्रविन्दु ओलाङचुङगोला र तिब्बत आसपास

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्प बिहान ७:१७ बजे गएको हो, धक्का आसपासका क्षेत्रमा महसुस गरिएको छ।

#भूकम्प #बिहान
Compare →

Related Stories

Science & Climate
Build #2635