Trending
Prev Story
Next Story

यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु

Ekantipur •
November 23, 2026 • 11:32 AM
18
18 reads 0 reactions

संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार जुलाईयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ

यमनमा साउदी आक्रमणमा १० जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार जुलाईयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ

साना — यमनको प्रमुख बन्दरगाह सहर होडेइडामा साउदी अरेबियाले गरेको आक्रमणमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने २० भन्दा बढी घाइते भएका छन् ।

हुथी विद्रोहीसँग सम्बन्धित सञ्चारमाध्यमले सोमबार उक्त जानकारी दिएका हुन् । हुथीहरूको अलमसिराह टेलिभिजन च्यानलका अनुसार यमनको पब्लिक टेलिकम्युनिकेसन कर्पोरेसनसँग सम्बन्धित भवनलाई लक्षित गरी आक्रमण गरिएको हो ।

च्यानलले सुरुमा चार जनाको मृत्यु भएको जनाएको थियो भने केही घण्टापछि मृतकको सङ्ख्या बढाएर १० पुगेको उल्लेख गरेको छ । साउदी अरेबियाले घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

यमनका विभिन्न भूभाग र होडेइडा बन्दरगाह नियन्त्रणमा राख्दै आएका इरान समर्थित हुथी विद्रोही अन्तर्राष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्ने साउदी नेतृत्वको गठबन्धनसँग लामो समयदेखि सङ्घर्षरत छन् ।

साउदी नेतृत्वको गठबन्धनले आफ्नो देशको पश्चिमी लालसागर तटतर्फ प्रहार गरिएको ब्यालेस्टिक क्षेप्यास्त्र रोकेको जनाएको एक दिनपछि यो आक्रमण भएको हो ।

उक्त क्षेत्रमा प्रमुख तेल प्रतिष्ठानहरू रहेका छन् । हुथी विद्रोहीले पछिल्ला साताहरूमा विमानस्थल र सैन्य अखडालाई समेत निशाना बनाउँदै आएका छन् ।

एक दशकभन्दा बढी समयदेखि गृहयुद्धमा फसेको यमन गत जुलाईमा हुथी विद्रोही र साउदी समर्थित सरकारबीचको पछिल्लो युद्धविराम भङ्ग भएपछि नयाँ द्वन्द्वको चपेटामा परेको थियो ।

संयुक्त राष्ट्रसङ्घको पछिल्लो तथ्याङ्कअनुसार त्यसयता यमनमा एक हजार ६०० भन्दा बढी मानिसको मृत्यु भएको छ भने तीन लाखभन्दा बढी विस्थापित भएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3h ago
साउदीमा भएको आक्रमणमा घाइते नेपालीको 'पहिचान हुँदै'

साउदीमा भएको आक्रमणमा घाइते नेपालीको 'पहिचान हुँदै'

साउदी अरबमा भएको आक्रमणमा नेपाली पनि घाइते भएको खबर आएपछि नेपाल सरकारले त्यसबारे खोजबिन गरिरहेको अधिकारीहरूले जनाएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार तीन जना नेपाली पनि घाइते भएको खबरपछि त्यसबारे...

#साउदी #आक्रमण
Compare →
Nagarik News
1d ago
चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

चितुवाको आक्रमणबाट किशोरीको मृ*त्यु

बर्दियाको राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु भएको छ ।

#मृत्यु #आक्रमण
Compare →

Related Stories

World News
Build #2625