Trending
Prev Story
Next Story

नमोबुद्ध जात्रा आजदेखि

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
4
4 reads 0 reactions

७ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र …

नमोबुद्ध जात्रा आजदेखि

७ मंसिर, काभ्रे । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–११ स्थित धार्मिक तथा पर्यटकीयस्थल नमोबुद्धमा नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ । भोकले छटपटिएकी बघिनी र उनका पाँच डमरुको प्राण बचाउन आफ्नै शरीर अर्पण गरेका राजकुमार महासत्त्वको त्याग र करुणाको किंवदन्तीसँग जोडिएको ऐतिहासिक नमोबुद्ध जात्रा आजदेखि सुरु हुँदैछ ।

कात्तिक शुक्ल चतुर्दशीदेखि प्रतिपदासम्म सञ्चालन हुने जात्राको पहिलो दिन आज राति दिवङ्गत पितृहरूको सम्झनामा रातभर दीप प्रज्ज्वलन गर्ने परम्परा रहेको नमोबुद्ध गुठीका अध्यक्ष लोप्साङ बज्र लामाले जानकारी दिए । भोलि मङ्गलबार कात्तिक शुक्ल पूर्णिमाका दिन मुख्य मेला तथा विशेष पूजाआजा हुनेछ ।

किंवदन्तीअनुसार तत्कालीन पनौती राज्यका राजा महारथ र रानी सत्यवतीका तीन छोरामध्ये कान्छा राजकुमार महासत्त्व एक दिन आफ्ना दाजुहरूसँग वनबिहारमा गएका थिए । गन्धमान पर्वतको जङ्गलमा पुगेका बेला उनीहरूले भोकले छटपटिएकी सुत्केरी बघिनी र उनका पाँच डमरु देखे । भोक र अशक्तताका कारण बघिनी आफ्नै डमरुलाई समेत खानुपर्ने अवस्थामा पुगेकी थिइन् ।

बघिनी र डमरुको पीडा देखेर द्रवित भएका महासत्त्वले दाजुहरूलाई अघि पठाएर आफू त्यहीँ बसे । बघिनीले सुरुमा उनको शरीर खान नसकेपछि राजकुमारले आफ्नो शरीरमा चोट पुर्याइ रगत बगाए । त्यसपछि आफ्नो शरीरको मासु अर्पण गरी बघिनी र पाँच डमरुको प्राण बचाएको धार्मिक विश्वास छ ।

राजकुमारको देह त्यागपछि उनका अवशेष सङ्कलन गरी सोही स्थानमा स्तूप निर्माण गरिएको किंवदन्ती छ । यही घटनासँग जोडिएर उक्त स्थान ‘नमोबुद्ध’ नामले चिनिन थालेको मानिन्छ । राजकुमारको त्याग र करुणाको स्मरणमा हरेक वर्ष जात्रा लाग्ने परम्परा छ । यस अवसरमा भक्तजनले पूजाआजा, दीप प्रज्ज्वलन तथा विभिन्न धार्मिक अनुष्ठान गर्ने गर्छन् ।

मेला अवधिमा ५० हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख कुनसाङ लामाले जानकारी दिए । उनका अनुसार दर्शनार्थीको सहजता, यातायात व्यवस्थापन, सरसफाइ तथा शान्ति सुरक्षाका लागि नगरपालिका, नमोबुद्ध गुठी र स्थानीय सुरक्षा निकायबीच समन्वय गरी आवश्यक तयारी गरिएको छ ।

काभ्रेपलाञ्चोकसहित काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली र धादिङलगायत जिल्लाबाट हजारौँ बौद्ध धर्मावलम्बी तथा आन्तरिक पर्यटक जात्रामा सहभागी हुने अपेक्षा गरिएको छ ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2d ago
पाल्पाको सत्यवती मेला आजदेखि सुरु

पाल्पाको सत्यवती मेला आजदेखि सुरु

मालिका गाउँपालिका–६ माथिल्लो दरबाङ बस्ने ५९ वर्षीय विष्णु निउरेको घरमा जुवातास खेलिरहेको अवस्थामा विष्णु पाँच जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

#आजदेखि
Compare →
Ekantipur
4d ago
जात्राले जोड्दै सीमापारिका आफन्त

जात्राले जोड्दै सीमापारिका आफन्त

दसैंतिहारपछि यहाँका मन्दिरहरुमा चल्ने जात्राले रोजगारी र बसाइँसराइले छुट्याएका परिवारलाई थातथलो फर्काएर पुर्ख्यौली सम्बन्ध तथा सांस्कृतिक परम्परा पुनर्जीवित गराइरहेकाे छ।

#जात्रा
Compare →
Arthasansar
4d ago
‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

‘सिटिजन्स सुपर ५०’ को इकाईमा आजदेखि आवेदन खुला

सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत आज (मंसिर २ गते) देखि सिटिजन्स सुपर ५० निष्काशन तथा बिक्री खुला गरेको...

#मंसिर #आजदेखि
Compare →
Hamro Patro News
5d ago
मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

मासु जाँच ऐन आजदेखि कार्यान्वयनमा

उपत्यकाका तीन जिल्लाले आजदेखि ‘पशु बधशाला तथा मासु जाँच ऐन, २०५५’ कार्यान्वयनमा ल्याएका छन्। काठमाडौं, ललितपुर र भक्तपुरका तीन जिल्लाले आजदेखि उक्त ऐन कार्यान्वयनमा ल्याएको कृषि, वन तथा पर्यावरण म...

#आजदेखि
Compare →
Bizshala
5d ago
काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं उपत्यकामा आजदेखि पशु वधशाला तथा मासु जाँच ऐन लागू

काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका सबै स्थानीय तहमा आजदेखि ‘पशु वधशाला तथा मासु...

#आजदेखि
Compare →

Related Stories

National (Nepal)
Build #2612