Trending
Prev Story
Next Story

सुरक्षा जोखिमका कारण साउदी अरबको यात्रा नगर्न इटालीको चेतावनी

Ekantipur •
October 23, 2026 • 03:00 AM
2
2 reads 0 reactions

इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ।

सुरक्षा जोखिमका कारण साउदी अरबको यात्रा नगर्न इटालीको चेतावनी

इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ।

काठमाडौँ — इटालीको विदेश मन्त्रालयले साउदी अरबको सुरक्षा अवस्था निरन्तर बिग्रँदै गएको भन्दै त्यहाँको सबैखाले  यात्रा स्थगित गर्न नागरिकलाई पुनः आग्रह गरेको छ। पछिल्ला केही दिनयता इरानी समर्थित हुथी विद्राेहीले साउदी अरबमा आक्रमण गरिरहेका छन् ।

बुधबार बिहान साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामालाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको थियो ।

इटाली सरकारले  नागरिकलाई ‘साउदी अरबको सबै यात्रा स्थगित गर्न’ र ‘साउदी भूमिमा रहेका विमानस्थल प्रयोग नगर्न’ आग्रह गरेको छ। त्यसको सट्टा छिमेकी मुलुकका विमानस्थल प्रयोग गर्न सुझाव दिइएको छ।

मन्त्रालयले साउदी अरबभित्र वा त्यहाँबाट अन्य देशमा अत्यावश्यक यात्रा गर्नुपर्ने अवस्थामा हवाई यातायातको विकल्प अपनाउन पनि यात्रुहरूलाई सुझाव दिएको छ।

हाल साउदी अरबमा रहेका इटालीका नागरिकलाई अत्यन्तै सतर्कता अपनाउन र स्थानीय अधिकारीका निर्देशन पालना गर्न भनिएको छ। विशेषगरी आपत्कालीन अवस्था उत्पन्न हुँदा सुरक्षित स्थानमै आश्रय लिन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले सैन्य तथा सुरक्षा निकायका प्रतिष्ठान, ऊर्जा तथा यातायात पूर्वाधार र सैन्य गतिविधिबाट प्रभावित क्षेत्रमा नजान पनि नागरिकलाई सचेत गराएको छ।

यमनसँगको सीमा आसपासका क्षेत्रलाई विशेष जोखिमपूर्ण मान्दै साउदी अरबका दक्षिणी प्रान्त जाजान, नजरान र असीरको यात्रा नगर्न मन्त्रालयले पुनः आग्रह गरेको छ। अन्तर्राष्ट्रिय एजेन्सीहरूकाे सहयाेगमा तयार पारिएकाे

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2d ago
युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

युरोपमा साइबर जोखिम बढ्दै, इटालीले सरकारी र निजी क्षेत्रलाई एकै सुरक्षा रणनीतिमा जोड्ने

काठमाडौं । युरोपेली मुलुकहरूमा साइबर आक्रमणका घटना बढ्न थालेपछि इटालीले सरकारी प्रणाली, महत्त्वपूर्ण पूर्वाधार र निजी क्षेत्रको डिजिटल सुरक्षालाई प्राथमिकतामा राख्दै नयाँ रणनीति अघि सारेको छ । सम्भ...

#इटाली #सुरक्षा #जोखिम
Compare →
Nagarik News
2d ago
साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै केन्याली महिलालाई सय कोर्रा हान्ने सजाय

साउदी अरबमा विवाहबिना बच्चा जन्माएको भन्दै ४० वर्षीया केन्याली महिला एस्थर वान्जा मुथोनीलाई १०० कोर्रा हान्ने सजाय सुनाइएको छ।

#साउदी #अरब
Compare →
Onlinekhabar
4h ago
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

२८ कात्तिक, काठमाडौं । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ । एसिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक आयोग …

#सुरक्षा
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#सुरक्षा
Compare →

Related Stories

World News
Build #2612