Trending
Prev Story
Next Story

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

Onlinekhabar •
November 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक …

विराजभक्त श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

६ मंसिर, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठले पाएका छन् ।

प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज औपचारिक भारत भ्रमणमा जाँदैछन् । भारतका राष्ट्रपति र प्रधानमन्त्री लगायतसँग भेटवार्ता गरेर उनी भोलि साँझ स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बतायो । सो सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
48m ago
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी विराजभक्तलाई

काठमाडौं - प्रधानमन्त्री बालेन शाह दुईदिने भारतको राजकीय भ्रमणमा जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई तोकिएको छ। प्रधानमन्त्री बाले...

#भारत #कार्यवाहक #जिम्मेवारी
Compare →
Ekantipur
1h ago
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा श्रेष्ठ

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा श्रेष्ठ

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रोमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल पनि भारत भ्रमणमा जाने भएकाले मन्त्रीपरिषद्‌मा चौथो वरीयतामा रहेका ऊर्जामन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।

#भारत #कार्यवाहक #जिम्मेवारी
Compare →
Nagarik News
3h ago
एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

एमाले नेता रिजालका पाँच प्रश्न : प्रधानमन्त्रीको दोहोरो संवाद गर्न नसक्ने शैली व्यक्तिगत कि सरकारी नीति ?

नेकपा एमालेका केन्द्रीय सदस्य एवं विदेश विभाग सदस्य विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'को भारत भ्रमणको तयारी र कार्यशैलीलाई लिएर पाँचवटा प्रश्नसहितको जिज्ञासा व्यक्त गरेका छन्।

#भारत #प्रधानमन्त्रीको
Compare →

Related Stories

Politics & Governance
Build #2612