Trending
Prev Story
Next Story

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

Ekantipur •
November 22, 2026 • 01:02 AM
2
2 reads 0 reactions

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ।

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा चीन र रुस छैनन् : अराघची

विदेशमन्त्री अराघचीका अनुसार युद्धपछि नीति परिवर्तनको बहस चर्किए पनि तेहरानको आधिकारिक अडान पुरानै छ र निरीक्षण रोकिएको छ।

काठमाडौँ — इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन् ।

इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार प्रकाशित ‘इरान डेली’सँगको अन्तर्वार्तामा उनले आणविक नीतिमा परिवर्तन गर्ने विषय व्यापक र गम्भीर बहसको विषय बनेको बताए ।

'इरानको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस पनि विपक्षमा छन्,' अराघचीले भने । चीन र रुस दुवैको इरानसँग रणनीतिक सहकार्यसम्बन्धी सम्झौता रहेको छ ।

उनले अहिलेसम्म इरानको आणविक नीतिमा कुनै परिवर्तन नभएको र यससम्बन्धी आधिकारिक धारणा पहिले जस्तै कायम रहेको स्पष्ट पारे ।

इजरायल र अमेरिकासँगको युद्धका क्रममा इरानका आणविक केन्द्रहरूमा आक्रमण भएपछि त्यहाँको राजनीतिक वृत्तमा आणविक नीतिमा परिवर्तन गर्नुपर्ने बहस पुनः चर्किएको छ। विशेषगरी कट्टरपन्थी समूहका नेताहरूले आणविक नीतिमा परिवर्तनको माग गर्दै आएका छन् ।

नीति परिवर्तनका पक्षधरहरूले आणविक हतियार विकास गर्ने बाटो खुला भएमा त्यसले इरानको प्रतिरोधात्मक क्षमता बलियो बनाउने तर्क गर्दै आएका छन् ।

यसैबीच, इरानले सुरक्षा चुनौती देखाउँदै अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) लाई आफ्ना आणविक केन्द्रहरूको निरीक्षण गर्न रोक लगाएको छ । अमेरिकाले र इजरायलले गरेका आक्रमणको निन्दा गर्न एजेन्सी असफल भएको आरोप पनि इरानले लगाउँदै आएको छ ।

गत साता संयुक्त राष्ट्रसङ्घीय आणविक निगरानी निकायले इरानलाई आफ्ना प्रमुख आणविक केन्द्रहरूमा निरीक्षकलाई पुनः प्रवेश दिन क्रमिक कदम चाल्न आग्रह गरेको थियो । त्यस्तो पहुँच अत्यन्त महत्त्वपूर्ण रहेको एजेन्सीको भनाइ थियो ।

इरानी अधिकारीहरूले सामूहिक विनाशका हतियार, विशेषगरी आणविक हतियार विकास गर्न निषेध गर्ने पूर्व सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको धार्मिक आदेश (फतवा) लाई आफ्नो नीतिको आधारका रूपमा प्रस्तुत गर्दै आएका छन् ।

अराघचीले आणविक नीतिलाई यथावत् राख्नुपर्ने र परिवर्तन गर्नुपर्ने दुवै पक्षका आ–आफ्नै तर्क तथा आधार रहेको बताए ।

गत फेब्रुअरी २८ मा तेहरानस्थित आफ्नो निवासमा अमेरिका र इजरायलको संयुक्त आक्रमणमा खामेनी मारिनुभएको थियो। त्यसपछि इरानले मध्यपूर्वका विभिन्न क्षेत्रमा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेसँगै क्षेत्रीय युद्ध चर्किएको थियो ।

उनका छोरा मोज्तबा खामेनी मार्चमा नयाँ सर्वोच्च नेताका रूपमा नियुक्त हुनुभएको भए पनि त्यसयता सार्वजनिक रूपमा देखिनुभएको छैन । उनले आफ्ना पिताको आणविक हतियार विकास नगर्ने धार्मिक आदेश उल्ट्याउने कुनै नयाँ निर्णयसमेत जारी गरेका छन्।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
8h ago
इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

इरानको आणविक नीतिमा परिवर्तनको पक्षमा छैनन् चीन र रुस : अराघची

काठमाडौँ । इरानका विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देशको आणविक नीतिमा परिवर्तन गर्ने विषयमा चीन र रुस सहमत नरहेको बताएका छन् । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार शनिबार प्रकाशित ‘इरान डेली’सँगक...

#इरान #परिवर्तन #आणविक
Compare →
Onlinekhabar
1d ago
अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

अमेरिकालाई इरानको चेतावनी : सर्त नमाने युद्धको सामना गर

४ मङ्सिर, तेहरान (रासस/एएनआई)। इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ । इरानले युद्ध र शान्तिबीचको अनिश्चित अवस्था स्वीकार नगर्ने स्पष्ट पार्दै कुनै पनि नयाँ आक्रमणको कडा प्रतिकार …

#इरान
Compare →
Nagarik News
1d ago
इरानको धम्की : सर्त मान, नत्र युद्धको सामना गर

इरानको धम्की : सर्त मान, नत्र युद्धको सामना गर

इरानले अमेरिकालाई आफ्नो सर्त स्वीकार गर्न वा पुनः युद्धको सामना गर्न चेतावनी दिएको छ।

#इरान
Compare →
Bizshala
2d ago
युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

युक्रेन युद्ध र आणविक हतियारबारे ट्रम्प सी र पुटिनबीच ऐतिहासिक वार्ता

काठमाण्डौ । युक्रेन युद्ध र आणविक हतियार नियन्त्रणलगायतका विषयमा छलफल गर्न विश्वका तीन प्रमुख शक्तिराष्ट्रका नेता...

#आणविक
Compare →

Related Stories

World News
Build #2612