पहिलो दिन नेपालले कलर बेल्ट प्याटर्नमा ३५ स्वर्ण, कलर बेल्ट स्पाइरिङमा १ सय १३ स्वर्ण तथा ब्ल्याक बेल्ट प्याटर्न र ब्ल्याक बेल्ट स्पाइरिङमा समान २५–२५ स्वर्ण पदक जितेको छ ।
काठमाडौँ — नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा आठौं दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता शनिबार त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सुरु भएको छ ।
पहिलो दिन नेपालले कलर बेल्ट प्याटर्नमा ३५ स्वर्ण, कलर बेल्ट स्पाइरिङमा १ सय १३ स्वर्ण तथा ब्ल्याक बेल्ट प्याटर्न र ब्ल्याक बेल्ट स्पाइरिङमा समान २५–२५ स्वर्ण पदक जितेको छ ।
आयोजक महासंघका महासचिव घमबहादुर थापाका अनुसार विभिन्न स्पर्धामा भारतले १७, अफगानिस्तानले २ तथा इथियोपियाले २ स्वर्ण हात पारे । प्रतियोगिताको दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका अध्यक्ष ग्रान्ड मास्टर राजेन्द्रन बलानले उद्घाटन गरे ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, अफ्गानिस्तान र इथोपियाबाट करिब ७ सय ५० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर, क्याडेट, युथ, एडल्ट र भेट्रानमा सिंगल/ग्रुप स्पाइरिङ र प्याटर्न तथा सेल्फ डिफेन्स विधामा कुल ३ सय ६० स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ ।
नेपालले दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगिता आयोजना गर्न लागेको यो पाँचौं पटक हो । बााकी ३ संस्करण भारतले आयोजना गरेको थियो ।