Trending
Prev Story
Next Story

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

Nagarik News •
November 21, 2026 • 04:50 AM
3
3 reads 0 reactions

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्।

राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न अर्थमन्त्री वाग्लेको निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर पुगेका उनले यस्तो निर्देशन दिएका हुन्।

मोरङको रानीस्थित विराटनगर भन्सार कार्यालयको एकीकृत भन्सार जाँचपास चौकीको स्थलगत अवलोकनपछि उनले भन्सार प्रशासनलाई राजस्व चुहावट रोक्न निर्मम भएर लाग्न र लक्ष्यअनुसार संकलनमा विशेष ध्यान दिन निर्देशन दिए।

राजस्व संकलनका लागि कार्यालयलाई चाहिने पूर्वाधार र अन्य सबैखाले सहयोगका लागि मन्त्रालयलाई निर्धक्क भएर भन्न भन्दै मन्त्री डा.वाग्लेले लक्ष्यभन्दा तल राजस्व संकलन गर्ने कार्यालयहरू नोटिसमा पर्ने चेतावनीसमेत दिए।

'राजस्व चुहावट रोक्न सबै कदम चाल्नुहोस्। त्यसमा शून्य सहनशीलताको नीति लिनुहोस्। राजस्व संकलनको ऐतिहासिक राष्ट्रिय लक्ष्य पूरा गर्न कुनै कसर बाँकी नराख्नुहोस्,' अर्थमन्त्री वाग्लेले भने, 'राजस्व संकलनको लक्ष्य प्राप्तिका आधारमा भन्सार कार्यालयहरू र यसको नेतृत्वको मूल्यांकन गरिनेछ।'

उनले सरकारको "मिसन १६ खर्ब" राजस्व लक्ष्यलाई आत्मसात् गर्न पनि निर्देशन दिए। भन्सार प्रशासनमा दस्तुर वा थप दस्तुर लाग्ने झन्झट आफूले सुन्न नपरोस् भन्दै अर्थमन्त्री वाग्लेले राजस्व ठग्ने र छल्नेलाई भन्सार क्षेत्रमा संरक्षण कदापि हुनु नहुने बताए।

विराटनगर भन्सारको कार्यसम्पादन छिटोछरितो बनाउन आवश्यक पूर्वाधार विकासका लागि कुनै माग भए स्पष्ट राख्न पनि उनले भन्सार प्रशासनलाई निर्देशन दिए। उनले व्यापार प्रवर्द्धन र राजस्व संकलनलाई एकसाथ सरल र सहज ढंगबाट परिचालन गरेर व्यावसायिक वातावरण बनाउनु पनि उत्तिकै महत्त्वपूर्ण रहेको स्पष्ट पारे।

कार्यक्रममा बोल्दै राजस्व महाशाखा प्रमुखसमेत रहेका निमित्त अर्थसचिव डा.सुमन दाहालले भन्सार बिन्दुमा लागू गरिएको एमआरपी घोषणालाई थप प्रभावकारी बनाउन निर्देशन दिए। उनले भन्सार क्षेत्रमा दुईवटा गेट बनाउन जरुरी रहेको बताउँदै अनलाइन मूल्यांकनको प्रभावकारिताका सन्दर्भमा थप छलफल जरुरी रहेको बताए।

सो क्रममा विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक उमेश श्रेष्ठले कार्यालयको दैनिक कामकारबाहीबारे प्रस्तुति दिएका थिए।

प्रकाशित: ५ मंसिर २०८३ १०:३५ शनिबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
राजस्व चुहावट रोक्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

राजस्व चुहावट रोक्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राजस्व चुहावट रोक्न कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् । अर्थ मन्त्रालय मातहतका कार्यालयहरूको स्थलगत निरीक्षणका लागि शुक्रबार मोरङको विराटनगर पुगे...

#राजस्व #चुहावट #रोक्न
Compare →
Onlinekhabar
23h ago
चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

चार महिनाभित्र सकारात्मक सुधारलाई परिणाममा बदल्छौं : अर्थमन्त्री वाग्ले

४ मंसिर, विराटनगर । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि आउने बताएका छन् । विराटनगरमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले सुशासनलाई आर्थिक रूपान्तरणको आधार र वैधताको मन्त्रका रूपमा वर्तमान सरकारले ग्रहण गरेको …

#वाग्ले #अर्थमन्त्री
Compare →
Ekantipur
1d ago
पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

पुँजी बजारलाई दैनिक उतारचढाव सूचकको रूपमा मात्र नहेरेर पुँजी निर्माणको भरपर्दो माध्यम बनाउछौं : अर्थमन्त्री वाग्ले

कान्तिपुरले कोशी प्रदेशको विराटनगरमा आयोजना गरेको ‘उज्यालो पूर्व, सम्भावनाबाट समृद्धितर्फ’ कार्यक्रममा बोल्दै अर्थमन्त्री स्वर्णिम वाग्ले बजारको संस्थागत विश्वसनीयता, पारदर्शीता, प्रभावकारिता नियमन र लगानीकर्ता संरक्षणमा सरकारको ध्यान केन्द्रित भएको समेत बताए ।

#वाग्ले #अर्थमन्त्री
Compare →
Bizshala
4d ago
खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

खराब कर्जा असुलीमा कडाइ गर्न नेपाल बैंकलाई अर्थमन्त्री वाग्लेको निर्देशन, अनुत्पादक क्षेत्रमा लगानी नगर्न चेतावनी

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र वित्तीय...

#वाग्ले #अर्थमन्त्री
Compare →

Related Stories

Business & Economy
Build #2612