Trending
Prev Story
Next Story

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

२० असोज, काठमाडौं । दसैं यात्राका लागि नयाँ बसपार्क क्षेत्र पुग्ने यात्रुका कारण मोबाइल फोन नेटवर्कमा समस्या देखिएको छ । आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई क्षमता बढाउन आग्रह …

यात्रु चापले नयाँ बसपार्क क्षेत्रमा टेलिकम नेटवर्कमा समस्या

२० असोज, काठमाडौं । दसैं यात्राका लागि नयाँ बसपार्क क्षेत्र पुग्ने यात्रुका कारण मोबाइल फोन नेटवर्कमा समस्या देखिएको छ ।

आज यातायात व्यवस्था विभागमा बसेको सरोकारवालाको बैठकले नेपाल टेलिकम र अन्य सेवा प्रदायकलाई क्षमता बढाउन आग्रह गर्दै पत्राचार गर्ने निर्णय गरेको छ । यस्तो पत्राचार विभागले गर्ने छ ।

साथै, बैठकले चाडपर्वका बेला रिजर्भमा जाने सवारीसाधन र यात्रु विवरण अभिलेख गर्ने निर्णय समेत गरेको छ । यसका लागि यातायात व्यवस्था विभागबाट नमुना प्रारूप तयार पारी यातायात व्यवसायीलाई उपलब्ध गराउने छ । सोही अनुसार सेवा प्रदायक कम्पनीले विवरण भरेरमात्र रिजर्भमा गाडी लैजान पाउने छन् ।

बैठकले सवारीसाधनको फिटनेस जाँचका लागि नाडा र सिप्रदीलाई अनुरोध गर्ने निर्णय गरेको छ । यातायात व्यवस्था विभागका तर्फबाट सवारी परीक्षण कार्यालय टेकुबाट प्राविधिक कर्मचारी खटाइने छ ।

बैठकले काठमाडौं उपत्यकाका प्रमुख नाकामा स्थापित यात्रु सहायता कक्ष अनुगमन तथा सहजीकरणका लागि यातायात व्यवस्था विभागबाट फोकल पर्सन सहित सहजीकरण टोली बनाएर परिचालन गर्ने निर्णय समेत गरेको छ । साथै यातायात व्यवसायीका तर्फबाट समेत सम्पर्क व्यक्ति खटाउने निर्णय गरिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
47m ago
नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासिकमा कमायो १ अर्ब ८२ करोड

नेपाल टेलिकमको खुद नाफा ३७ प्रतिशतले बढ्यो, पहिलो त्रैमासिकमा कमायो १ अर्ब ८२ करोड

काठमाडौं- नेपाल टेलिकमले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिकमा १ अर्ब ८२ करोड १ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षक...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Bizshala
20h ago
नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

नेपाल टेलिकमको ३० एमबीपीएस इन्टरनेट वार्षिक ४ हजार ९९९ रुपैयाँमै, ४० प्रतिशत छुटको अफर पनि लम्बियो

काठमाण्डौ । नेपाल टेलिकमले सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस...

#नेपाल-टेलिकम #टेलिकम
Compare →
Nagarik News
22h ago
झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

झापाका गाउँमा हात्तीको बिगबिगी: किसानलाई बाली जोगाउनै समस्या

मेचीनगर–४ की स्थानीय तुलसीमाया श्रेष्ठका अनुसार यस क्षेत्रमा दैनिकजसो जङ्गली हात्ती आउने गरेका छन्। प्रायः रातको समयमा आउने हात्तीका कारण किसानलाई बालीनालीको सुरक्षा गर्न समस्या हुने गरेको उनले बताइन्।

#समस्या
Compare →

Related Stories

World News
Build #2612