Trending
Prev Story
Next Story

तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

Ekantipur •
November 21, 2026 • 02:32 AM
3
3 reads 0 reactions

दुई जनालाई १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताए । बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उनको भनाइ छ ।

तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

दुई जनालाई १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताए । बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उनको भनाइ छ ।

कञ्चनपुर — कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन् । उनले सुरुआतमा ५ सय रुपैयाँ लगानीमा एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उक्त तरकारीखेती बिक्रीबाट दश हजार बढी आम्दानी भएपछि खड्काले तरकारीखेती बढाउँदै लगे।

तरकारीखेतीबाट मनग्य आम्दानी हुन थालेपछि खड्काले खेती विस्तार गर्दै हाल तीन बिघा जग्गामा तरकारीखेती उत्पादन गर्दै आएका छन् । विसं २०७२ देखि व्यावसायिक रुपमा तरकारीखेतीमा लागेका उनले धान गहुँको भन्दा तीन गुणा बढीसम्म फाइदा हुने भएपछि तरकारीखेतीमा लागेको बताए ।

‘एक कट्ठादेखि सुरुआत गरेको खेती बढाउँदै लगेको थिए, त्यसपछि कोरोना महामारी आयो’, खड्काले भने, ‘कोरोनाको कारण रोजगारीका लागि भारतमा रहेका दुई छोरा घरमा फर्किए, त्यसपछि तरकारीखेती बढाउँदै लग्यौं ।’

खड्काले हाल तीन बिघा जग्गामा तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट हुने आम्दानीले घरखर्चसँगै छोराछोरीको पठनपाठनको खर्चसमेत चलेको उनले बताए ।

‘सागसब्जी बिक्रीबाट सबै खर्च कटाएर वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, खड्काले भने, ‘यसकै आम्दानीले २० लाख लगानी गरेर छोरा विदेश पठाएँ, घर बनाएँ । पहिला साइकलमा सागसब्जी बजार लग्थेँ, अहिले तीन मोटरसाइकल जोडेको छु, ५० प्रतिशत अनुदानमा अटोरिक्सासमेत जोडेको छु ।’

दुई जनालाई १५ हजार महिनाको तलब दिने गरी तथा ज्यालादारीमा करिब १०० जनाले वर्षभरिमा रोजगारी पाउने गरेका खड्काले बताए । बिक्रीका लागि बजारको समस्या नभए पनि खुला सीमानाकाका कारण भारतबाट आउने सागसब्जीले भनेअनुसारको मूल्य नपाइने उनको भनाइ छ ।

‘भारतबाट आयात हुने सागसब्जीका कारण हामीले उत्पादन गरेको सागसब्जीको सोचेजस्तो मूल्य पाइँदैन’, उनले भने, ‘हाम्रो लागत बढी हुन्छ, सस्तोमा तरकारी बिक्री गर्नुपर्ने बाध्यता छ ।’

खड्काले काउली, बन्दा ब्रो–काउली,आलु, प्याज, भन्टा, खुर्सानीलगायत सागसब्जी उत्पादन गर्ने गरेको बताए । ‘सिजनमा भन्दा पनि अफ सिजनमा सागसब्जी फलाउन सके पर्याप्त आम्दानी हुन्छ’, खड्काले भने, ‘सरकारले खेतीको बिमाको सुविधा दिएको भए राम्रो हुन्थ्यो ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
8h ago
तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

तरकारीखेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन्।

#खड्का #तरकारीखेती #आम्दानी
Compare →
Onlinekhabar
23h ago
तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी

तरकारी खेतीबाट वार्षिक २५ लाख आम्दानी

५ मङ्सिर, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले सुरुआतमा ५०० रुपैयाँ लगानी गरेर एक कट्ठा जग्गामा तरकारीखेती गरेका थिए । उत्पादित तरकारी बिक्रीबाट १० हजार …

#खड्का #तरकारीखेती #आम्दानी
Compare →
Hamro Patro News
4h ago
तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

तरकारी खेतीबाट वीरबहादुरको वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती गर्दै आएका छन् । उनले सुरुआतमा रु ५०० लगानीमा एक कट्ठा जग्गामा तरकारीखेती गरे । उक्त तरकारीखेती बिक्रीबाट ...

#तरकारीखेती #वीरबहादुर #तरकारी
Compare →
Bizshala
4d ago
आम्दानी खुम्चिदा सयपत्री हाइड्रोपावरको नाफा ४५.११% ले घट्यो, ईपीएस जम्मा २.८४ रुपैयाँ

आम्दानी खुम्चिदा सयपत्री हाइड्रोपावरको नाफा ४५.११% ले घट्यो, ईपीएस जम्मा २.८४ रुपैयाँ

काठमाण्डौ । सयपत्री हाइड्रोपावर लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ४५.११ प्रतिशतले घटेको छ।...

#आम्दानी
Compare →
Arthasansar
6d ago
अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशीको नाफामा गिरावट, विद्युत बिक्रीबाटै हुने आम्दानी करिब ४ अर्ब

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले नाफामा गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार...

#आम्दानी
Compare →

Related Stories

Business & Economy
Build #2612