काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपले अखिल नेपाल फुटबल संघ एन्फामाथि लगाएका सबै निलम्बन तथा प्रतिबन्ध हटाएको छ ।
राखेपले बिहीबार पत्र पठाउँदै एन्फामाथि लगाइएका प्रशासनिक तथा आर्थिकलगायत सबै प्रतिबन्ध हटाउने निर्णय गरेको जानकारी गराएको हो । राखेपको निलम्बन हटे पनि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को निलम्बन भने हटेको छैन । जसका कारण नेपालले पहिलोपटक साफ खेल्नसमेत पाएन । फिफाले एन्फालाई कुनै पनि फुटबल गतिविधि नगर्न भनेको छ ।
Read full story at source ( nepalviews.com )