Trending
Prev Story
Next Story

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु

Ekantipur •
October 22, 2026 • 06:48 AM
3
3 reads 0 reactions

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।

साउदी अरबमा ड्रोन आक्रमणमा एक नेपालीसहित दुईको मृत्यु

साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ।

काठमाडौँ — साउदी अरबको पूर्वी प्रान्तस्थित शैबाह तेल क्षेत्रमा रहेको साउदी अराम्कोको परियोजनामा लाई लक्षित गरी गरिएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई विदेशी श्रमिकको मृत्यु भएको छ। घटनामा पाकिस्तानी र भारतीय नागरिक घाइते भएका छन्।

साउदी अरबको ऊर्जा मन्त्रालयले विज्ञप्ती जारी गर्दै  बुधबार बिहान भएको घटनामा एक नेपाली र एक फिलिपिनी नागरिकको मृत्यु भएको जनाएको छ। घाइते हुनेमा एक पाकिस्तानी र एक भारतीय नागरिक छन्।

घटनामा मृत्यु भएका नेपालीको परिचय, ठेगाना र घटनाको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

मन्त्रालयका अनुसार तेल क्षेत्रको प्रशोधन केन्द्रलाई लक्षित गरी आएको ड्रोनलाई साउदी हवाई प्रतिरक्षा प्रणालीले बीचमै रोकेको थियो। ड्रोन आक्रमणको प्रयासका क्रममा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।

आगलागी तेल प्रशोधन केन्द्रको परिधिबाहिर भएको र त्यसले तेल क्षेत्रको सञ्चालनमा कुनै असर नपारेको मन्त्रालयले जनाएको छ।

घटनालगत्तै सम्बन्धित निकायले आवश्यक कदम चालेको मन्त्रालयले जनाएको  छ । मन्त्रालयले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

साउदी अरबमा नेपाली श्रमिक ठूलो संख्यामा कार्यरत छन्।

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
14h ago
युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

युक्रेनलाई ड्रोन आपूर्ति गर्ने आफ्नो कम्पनीमाथि रुसले साइबर आक्रमण गरेको जर्मनीको आरोप

काठमाडौं– जर्मन रक्षा सामग्री उत्पादक कम्पनी क्वान्टम सिस्टम्सले गत महिना साइबर आक्रमणको सामना गर्नुपरेको जनाएको छ । उक्त आक्रमणपछि जर्मन सेनाले सावधानीस्वरूप कम्पनीद्वारा निर्मित आफ्ना ड्रोन केही ...

#ड्रोन #आक्रमण
Compare →
Arthasansar
23h ago
युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

युक्रेनी ड्रोन आक्रमणबाट रुसी युद्धपोतमा क्षति

फिनल्यान्डको खाडीमा बुधबार युक्रेनी ड्रोन आक्रमणबाट एक रुसी युद्धपोतमा क्षति पुगेको छ । यसबारे फिनल्यान्डका अधिकारीहरूले पुष्टि गरे पनि आक्रमणको...

#ड्रोन #आक्रमण
Compare →
Onlinekhabar
12h ago
बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

बसको ठक्करबाट भक्तपुरमा एक बालिकाको मृत्यु

२७ कात्तिक, भक्तपुर । बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेको बा०१–००५ख ९६९७ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको बागमती प्रदेशको ०२–००१–२३६६ नम्बरको सरकारी नम्बर प्लेटको मोटरसाइकललाई ठक्कर दिँद उनको मृत्यु …

#मृत्यु
Compare →
Nagarik News
1d ago
धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषामा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु

धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीचोकमा आज टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

#मृत्यु
Compare →

Related Stories

National (Nepal)
Build #2612