Trending
Prev Story
Next Story

‘भ्वाइस अफ नेपाल’को ब्याटल यसै सातादेखि प्रसारण, ४० प्रतिस्पर्धी नकआउटमा पुग्ने

Onlinekhabar •
November 18, 2026 • 11:00 AM
3
3 reads 0 reactions

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को  'द ब्याटल्स' को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् । ब्याटलसँगै प्रतिस्पर्धीका …

‘भ्वाइस अफ नेपाल’को ब्याटल यसै सातादेखि प्रसारण, ४० प्रतिस्पर्धी नकआउटमा पुग्ने

काठमाडौं । गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’ सिजन ८ को  ‘द ब्याटल्स’ को प्रसारण यसै सातादेखि सुरु भएको छ । ब्लाइन्ड अडिसनबाट छानिएका ६४ जना प्रतिस्पर्धी अब एकअर्कासँग सांगीतिक भिडन्तमा उत्रिनेछन् ।

ब्याटलसँगै प्रतिस्पर्धीका लागि नकआउट चरणसम्म पुग्ने चुनौती पनि थपिनेछ ।

भनिहालौ, यो सिजनमा गायक प्रमोद खरेल, गायिका मिलन नेवार, एकदेव लिम्बु र नरेन लिम्बु कोचका रूपमा छन् ।

प्रमोद र मिलन यसअघि पनि कार्यक्रममा कोचको भूमिकामा देखिइसकेका अनुभवी अनुहार हुन् भने एकदेव र नरेन यसपटक नयाँ कोचका रूपमा जोडिएका छन् ।

युवापुस्तामाझ लोकप्रिय यी दुई नयाँ कोचको आगमनलाई यस सिजनको एउटा आकर्षणका रूपमा हेरिएको छ ।

कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलका अनुसार ब्लाइन्ड अडिसनबाट चारै जना कोचले आफ्नो टिममा १६–१६ जना प्रतिस्पर्धी छनोट गरेका छन् ।

यसरी चारवटा टिममा गरी ६४ जना प्रतिस्पर्धी ब्याटलका लागि तयार भएका हुन् ।

ब्याटल  कुल आठ एपिसोडसम्म प्रसारण हुनेछ । यस चरणमा प्रत्येक कोचले आफ्नो टिमका १६ जनामध्ये आधा अर्थात् आठ जनालाई मात्र सिधै अर्को चरणमा लैजान पाउनेछन् ।

एउटै टिमका प्रतिस्पर्धीले आपसमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले कोचका लागि पनि उत्कृष्ट प्रतिभा छनोट गर्नु चुनौतीपूर्ण हुनेछ ।

तर, ब्याटलमा पराजित हुँदैमा प्रतिस्पर्धीको यात्रा समाप्त भने हुनेछैन । प्रत्येक कोचले आफ्नो टिमबाट एक जना प्रतिस्पर्धीलाई सेभ गरेर अघि बढाउन पाउनेछन् ।

त्यस्तै, अर्को टिमका कोचले आफूलाई मन परेको प्रतिस्पर्धीलाई स्टिल गरेर आफ्नो टिममा समावेश गर्न सक्नेछन् ।

यसरी प्रत्येक टिमबाट आठ जना सिधै छनोट हुनेछन् भने एक जना सेभ र अर्को टिमबाट एक जना स्टिल भएर आउनेछन् । त्यसपछि प्रत्येक कोचको टिममा १० जना प्रतिस्पर्धी रहनेछन् ।

चारवटै टिमबाट गरी कुल ४० जना प्रतिस्पर्धी नकआउट राउण्डमा प्रवेश गर्ने निर्देशक पौडेलले जानकारी दिए । यस सिजनमा कुल ३२ एपिसोड प्रसारण हुनेछन् ।

हरेक शुक्रबार र शनिबार राति ८ बजे हिमालय टेलिभिजन र कार्यक्रमको आधिकारिक युट्युब च्यानलबाट प्रसारण हुँदै आएको शोमा यसपटक विजेता प्रतिस्पर्धीले मौलिक गीत र म्युजिक भिडियो बनाउने अवसरसमेत पाउनेछन् ।

ब्लाइन्ड अडिसनमा कोचको कुर्सी घुमाउन सफल भएका प्रतिस्पर्धीमध्ये अब कसले आफ्नो गायन क्षमताले कोचलाई प्रभावित पार्छन् र कसले नकआउटसम्मको यात्रा तय गर्छन् भन्ने चासो बढेको छ ।

ब्याटल राउण्डमा प्रतिस्पर्धीको गायनसँगै कोचहरूको निर्णय र रणनीति पनि उत्तिकै महत्त्वपूर्ण हुने देखिन्छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

एनपीएल सिजन–३ : प्लेअफ पुग्ने चारै टोलीको टुङ्गो लाग्यो

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ को प्लेअफ पुग्ने चारवटै टोलीको टुङ्गो लागेको छ । शनिबार भएको खेलमा साविक विजेता लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई ४ विकेट पराजित गरेपछि...

#सिजन #पुग्ने
Compare →
Bizshala
2w ago
अर्बौंका ठेक्कामा ह्याकरको खेल बन्द हुँदै, नयाँ ई–जीपी प्रणाली यसै सातादेखि लागू

अर्बौंका ठेक्कामा ह्याकरको खेल बन्द हुँदै, नयाँ ई–जीपी प्रणाली यसै सातादेखि लागू

काठमाण्डौ । ठूला सार्वजनिक ठेक्कामा ह्याकिङमार्फत हुने चलखेल नियन्त्रण गर्न नयाँ विद्युतीय सरकारी खरिद प्रणाली...

#यसै #सातादेखि
Compare →

Related Stories

National (Nepal)
Build #2612