Trending
Prev Story
Next Story

त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

Ekantipur •
November 18, 2026 • 08:02 AM
2
2 reads 0 reactions

सशस्त्र प्रहरीका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम रहेको छ र थप अनुसन्धानका लागि भन्सारमा बुझाइँदैछ।

त्रिभुवन विमानस्थलबाट १ किलो ६ सय ग्राम सुनजस्तो पदार्थसहित चिनियाँ नागरिक पक्राउ

सशस्त्र प्रहरीका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम रहेको छ र थप अनुसन्धानका लागि भन्सारमा बुझाइँदैछ।

काठमाडौँ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनजस्तो देखिने पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलका अनुसार दुबईबाट हिमालयन एयरलाइन्सको उडानमार्फत बुधबार बिहान ११:४१ बजे काठमाडौं आएका चिनियाँ नागरिक बीन बीन लीलाई विमानस्थल भन्सार सुरक्षा बेसले नियन्त्रणमा लिएको हो ।

नियमित जाँचका क्रममा विमानस्थलको भन्सार क्षेत्रमा रहेको वाक थ्रु गेटमा उनको ज्याकेटको खल्तीभित्र लुकाएर ल्याइएका सुनजस्तो देखिने पदार्थका चारवटा पोका फेला परेका थिए ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बरामद पदार्थको तौल १ किलो ६ सय ५ ग्राम छ ।

नियन्त्रणमा लिइएका लीलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1h ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#विमानस्थल #किलो #भन्सार
Compare →
Nagarik News
34m ago
मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

मलद्वारमा लुकाएर ल्याइएको १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०३ ग्राम ७७० मिलिग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

#किलो #ग्राम #चिनियाँ
Compare →
Onlinekhabar
46m ago
विमानस्थलबाट फेरि डेढ किलो सुनसहित एक चिनियाँ पक्राउ

विमानस्थलबाट फेरि डेढ किलो सुनसहित एक चिनियाँ पक्राउ

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६ सय ५ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । विमानस्थलस्थित सशस्त्र प्रहरी बलले चिनियाँ नागरिकलाई सुनसहित पक्राउ गरेको हो । आज बिहान ११ः४१ बजे …

#विमानस्थल #किलो #चिनियाँ
Compare →
Hamro Patro News
1d ago
विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भए...

#विमानस्थल #ग्राम #चिनियाँ
Compare →
Arthasansar
2d ago
अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी विमानस्थलमा दुई विमान ठाेक्कीएर दुर्घटना

अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार राति दुईवटा विमान आपसमा ठोक्किँदा दुई जना सामान्य घाइते भएका छन्। ट्याक्सीवेमा गुडिरहेका बेला कोपा...

#विमानस्थल
Compare →

Related Stories

National (Nepal)
Build #2612