Trending
Prev Story
Next Story

तीन महिनादेखि वीरगन्ज भन्सारको राजस्व लक्ष्य पूरा

Ekantipur •
November 18, 2026 • 07:32 AM
3
3 reads 0 reactions

भदौदेखि निरन्तर लक्ष्य पार गर्दै आएको कार्यालयले कात्तिकमा पनि अपेक्षाभन्दा बढी राजस्व उठाएर सुधारको गति कायम राखेको छ।

तीन महिनादेखि वीरगन्ज भन्सारको राजस्व लक्ष्य पूरा

भदौदेखि निरन्तर लक्ष्य पार गर्दै आएको कार्यालयले कात्तिकमा पनि अपेक्षाभन्दा बढी राजस्व उठाएर सुधारको गति कायम राखेको छ।

पर्सा — वीरगन्ज भन्सार कार्यालयले कात्तिक महिनामा पनि राजस्व असुलीको मासिक लक्ष्य पूरा गरेको छ।

भदौदेखि लगातार तीन महिना मासिक लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको भन्सार कार्यालयको तथ्यांकले देखाएको छ। देशकै सर्वाधिक राजस्व संकलन गर्ने भन्सार कार्यालयका रूपमा रहेको वीरगन्ज भन्सारको मासिक तथा वार्षिक राजस्व असुलीसमेत उत्साहजनक देखिएको छ।

भन्सार कार्यालयको तथ्यांकअनुसार कात्तिक महिनामा राजस्व असुली लक्ष्यको एक सय दशमलव ८९ प्रतिशत संकलन भएको छ। भन्सार बिभागले यो कार्यालयलाई कात्तिक महिनाका लागि १७ अर्ब ६४ करोड रुपैयाँ लक्ष्य निर्धारण गरेकोमा कार्यालयले १७ अर्ब ७९ करोड राजश्व संकलन गरेको हो।

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको वार्षिक राजस्व संकलन लक्ष्यमा पनि उल्लेख्य योगदान गर्दै आएको छ। भन्सार विभागले चालु आर्थिक वर्षका लागि निर्धारित कुल राजस्व लक्ष्यको करिब ४६ दशमलव ८ प्रतिशत हिस्सा वीरगन्ज भन्सारलाई दिएको छ।

देशका प्रमुख व्यापारिक नाका तथा आयातको ठूलो हिस्सा यही नाकाबाट भित्रिने भएकाले राष्ट्रिय राजस्व संकलनमा वीरगन्ज भन्सारको योगदान महत्वपूर्ण रहँदै आएको छ।

कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा वार्षिक लक्ष्यअनुसार राजस्व संकलनको प्रगति पनि उत्साहजनक देखिएको छ। कात्तिकसम्मको संकलनले वार्षिक लक्ष्यतर्फ सकारात्मक संकेत गरेको छ। यो भन्सार कार्यालयले चालु आर्थिक बर्षमा २ खर्ब ९४ करोड रुपैयाँ राजश्व असूलीको लक्ष्य पाएको छ । जस मध्ये करिब ३० प्रतिशत राजश्व संकलन भइसकेको छ ।

भदौ महिनादेखि राजस्व असुलीमा सुधार देखिएको वीरगन्ज भन्सारले असोज र कात्तिकमा समेत लक्ष्य हासिल गर्न सफल भएको छ। आयात व्यापारमा आएको सुधार, विभिन्न वस्तुको आयात बढ्नु तथा भन्सार प्रक्रियाबाट हुने राजस्व योगदानले असुलीमा सकारात्मक प्रभाव पारेको कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्ण प्रसाद मैनाली बताउँछन् ।

वीरगन्ज भन्सारबाट पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ, सवारीसाधन तथा पार्टपुर्जा, खाद्यान्न, फलाम तथा अन्य व्यापारिक वस्तुको आयात हुने गरेको छ। आयातमा आधारित राजस्व संरचनाका कारण व्यापारिक गतिविधि बढ्दा भन्सार राजस्वमा समेत वृद्धि हुने गरेको छ।

भदौदेखि लगातार तीन महिनासम्म मासिक लक्ष्य हासिल हुनु वीरगन्ज भन्सारको राजस्व संकलनमा सुधारको संकेत हो। यद्यपि वार्षिक लक्ष्य हासिल गर्न बाँकी महिनामा पनि यही गति कायम राख्नुपर्ने चुनौती कार्यालय सामु छ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
18h ago
प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

प्रतिकूल परिस्थिति झेल्दै भन्सार राजस्वले प्रथम चौमासिकमा भेट्यो लक्ष्य

१ मंसिर, काठमाडौं । १० भदौ र त्यसयताका विनाशकारी बाढीपहिरोले वैदेशिक व्यापार प्रभावित बनाए पनि भन्सार राजस्व संकलनमा सरकार लक्ष्य भेट्न सफल भएको छ । अर्थ मन्त्रालयले भन्सार विभागलाई उद्धृत गर्दै दिएको जानकारी अनुसार भन्सार विभागले …

#राजस्व #भन्सार #लक्ष्य
Compare →
Nagarik News
1d ago
दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सारबाट ४१ लाख राजस्व सङ्कलन

दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ।

#राजस्व #भन्सार #लक्ष्य
Compare →
Hamro Patro News
1d ago
चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

चालु आर्थिक वर्षको तीन महिनामा ४१ लाख मात्र राजस्व

काठमाडौं- दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यको ९१.८६ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । भन्सार कार्यालयका प्रमुख लोकबहादुर विष्टका अनुसार आर्थिक वर्ष २०...

#राजस्व #भन्सार #लक्ष्य
Compare →
Bizshala
1h ago
विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको जाँच पार गरेका चिनियाँ नागरिक झण्डै २ किलो सुनसहित पक्राउ

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै २ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। हङकङबाट...

#भन्सार
Compare →

Related Stories

Business & Economy
Build #2612