Trending
Prev Story
Next Story

१२ बर्ष अबधिको विकास ऋणपत्रमार्फत १० अर्व आन्तरिक ऋण उठाउँदै सरकार

Arthasansar •
November 17, 2026 • 11:36 AM
1
1 reads 0 reactions

सरकारले १२ बर्षे बिकास ऋणपत्र मार्फत १० अर्व रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । सरकारले NPDB१२००२०९५ नामक ऋणपत्र बिक्रि...

१२ बर्ष अबधिको विकास ऋणपत्रमार्फत १० अर्व आन्तरिक ऋण उठाउँदै सरकार

सरकारले १२ बर्षे बिकास ऋणपत्र मार्फत १० अर्व रुपैयाँको आन्तरिक ऋण उठाउने भएको छ । सरकारले NPDB१२००२०९५ नामक ऋणपत्र बिक्रि  गर्न लागेको हो ।

भोलि मंसिर २ गते बोलकबोल मार्फत बिक्रि हुने विकास ऋणपत्र २०९५ रहेको छ । ऋण पत्रको ब्याजदर बोलकबोलको माध्यमबाट हुने सार्वजनिक ऋण व्यावस्थापन कार्यलयले जनाएको छ । ऋणपत्र १२ बर्षको हुने छ । यो ऋणपत्रमा बैंक तथा वित्तिय संस्था, गैर–बैंक वित्तिय संस्था, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् । यो ऋणपत्र धितोमा राखी कर्जा लिन दिन पाईने छ ।

ऋणपत्र खरिदकर्ताले मंसिर २ बिहान ९ बजे देखी २ बजे सम्म बोलकवोल गर्नु पर्ने छ । यसको निश्काशन २०८३ मंसिर ३ गते हुने छ । यसको साँवा भूक्तानी मिति २०९३ मंसिर ३ गतेलाई तोकिएको छ । ब्याज भुक्तानी अर्धबार्षिक रुपमा गर्दै जाने बताइएको छ । चालु आर्थिक वर्ष सुरु भएपछि सरकारले ११ वर्षे, ९ वर्षे, ६ वर्षे, ५ वर्षे र ३ वर्षे अवधिका विकास ऋणपत्र बिक्री मार्फत आन्तरिक ऋण संकलन गरिरहेको  छ ।

Prev Swipe Story

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
22m ago
यी हुन् आन्तरिक राजस्व विभागले उत्कृष्ट भनेका ११ कर्मचारी

यी हुन् आन्तरिक राजस्व विभागले उत्कृष्ट भनेका ११ कर्मचारी

आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ का अवसरमा विभिन्न कार्यालयमा कार्यरत ११ कर्मचारीलाई उत्कृष्ट कर्मचारीका रूपमा छनोट गरेको छ। उनीहरूलाई मुख्यसचिव गोविन्द कार्कीले सम्मान गरेका छन्। वि...

#आन्तरिक
Compare →
Nagarik News
1d ago
आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले साढे ३ महिनामा उठायो ६७ करोड राजस्व

आन्तरिक राजस्व कार्यालय कृष्णनगरले चालु आर्थिक बर्ष २०८३÷ ०८४ को साढे ३ महिनामा ६७ करोड ४२ लाख ७ हजार राजस्पव संकलन गरेको छ ।

#आन्तरिक
Compare →

Related Stories

Business & Economy
Build #2612