Trending
Prev Story
Next Story

शेखर र पूर्णबहादुरलाई कृष्ण सिटौलाको आग्रह- तटस्थ नबस्नुस्

Onlinekhabar •
November 17, 2026 • 10:31 AM
2
2 reads 0 reactions

१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो मत स्पष्ट पार्न आग्रह गरेका छन् । मंगलबार पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले पार्टी र …

शेखर र पूर्णबहादुरलाई कृष्ण सिटौलाको आग्रह- तटस्थ नबस्नुस्

१ मंसिर, विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्रको आन्तरिक विवादमा तटस्थ बसेका नेताहरूलाई आफ्नो मत स्पष्ट पार्न आग्रह गरेका छन् ।

मंगलबार पूर्वसभापति शेरबहादुर देउवा पक्षधरको मोरङ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै सिटौलाले पार्टी र घरभित्र विवाद हुँदा तटस्थताले कतै पनि पार नलाग्ने बताउँदै तटस्थ बसेका नेताहरूबाट सक्रियता र साथ आवश्यक रहेको बताएका हुन् ।

सिटौलाले भाषणका क्रममा कसैको नाम भने लिएनन् । तर उनको संकेत पूर्वउपसभापति पूर्णबहादुर खड्का र नेता डा. शेखर कोइरालालक्षित थियो । दुई नेता दुवै पक्षको महाधिवेशन प्रक्रियाबाट अलग छन् ।

‘केही साथीहरू, होनहार राम्रा नेता साथीहरू अहिले तटस्थ बसेको देखिनुहुन्छ,’ सिटौलाले भने, ‘पार्टीभित्र, घरभित्र विवाद भएपछि तटस्थताले कहिँ पनि पार लाउन सकिन्न । आफ्नो मत जाहेर गर्नुपर्छ, गर्नुस् । हामीले गलत गरेका छौँ भने भन्नुस् ।’

गगन थापा नेतृत्वमा संस्थापन पक्षले असोजमा १५औँ महाधिवेशन सम्पन्न गरिसकेको छ । अहिले देउवा पक्षले नियमित १५औं महाधिवेशनका नाममा समानान्तर अधिवेशन प्रक्रिया अघि बढाइरहेको छ ।

यी दुवै प्रक्रियामा सहभागी नभएका खड्का र कोइराला अहिले गुटगत प्रतिस्पर्धाबाट अलग छन् । कोइरालाले बरु विभाजित दुवै समूहलाई पुन: एक ठाउँमा ल्याउन पार्टी एकताको देशव्यापी अभियान सञ्चालन गर्ने तयारीमा छन् ।

पार्टीको इतिहास, सङ्घर्ष र बलिदानको जगमा उभिएर स्वाधीन, बलियो र प्रगतिशील नेपाल निर्माण गर्न चाहेको उल्लेख गर्दै सिटौलाले तटस्थ बस्नुको कारणमाथि प्रश्न उठाए ।

‘तपाईँ यस्तोमा किन तटस्थ बस्नुहुन्छ ? तपाईँको तटस्थताले पनि हामीलाई केही समस्या भएको छ । तपाईँको सक्रियता हामी देख्न चाहन्छौँ, तपाईँको हामी साथ चाहन्छौँ,’ सिटौलाले भने ।

सिटौलाले विगतमा विशेष महाधिवेशन गलत थियो भनेर हस्ताक्षर गर्ने तर पछि बिस्तारै त्यतैतिर लागेका केन्द्रीय नेताहरूप्रति पनि असन्तुष्टि पोखे ।

उनले गत वर्ष भदौ २४ को लुटपाट, आगजनी र तोडफोड तथा विशेष महाधिवेशन दुवैलाई राजनीतिक, वैधानिक र कानुनी कुनै पनि दृष्टिले जायज मान्न नसकिने दाबी गरे ।

विशेष महाधिवेशनको बाटोबाट ‘सानेपा कब्जा गर्न पुगेका’ नेताहरूले कुनै बहादुरी नगरेको र हतारमा पार्टी कब्जा गर्न खोज्दा उल्टै ‘दलदलमा फसेको’ उनको आरोप छ ।

Prev Swipe Story Next

Related Stories

Politics & Governance
Build #2612