Trending
Prev Story
Next Story

लोहोरो प्रहारबाट श्रीमतीको मृ'त्यु, श्रीमान् पक्राउ

Nagarik News •
November 17, 2026 • 04:49 AM
2
2 reads 0 reactions

घटनाबारे राति नै प्रहरीलाई जानकारी भएको र जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

लोहोरो प्रहारबाट श्रीमतीको मृ'त्यु, श्रीमान् पक्राउ

सिन्धुलीको कमलामाई नगरपालिका–१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ। सामान्य घरायसी विवादका क्रममा श्रीमानले लोहोरोले टाउकोमा प्रहार गर्दा ४० वर्षीया सानुकुमारी कार्कीको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार राति करिब १ बजेको समयमा ४२ वर्षीय मनोज कार्कीले आफ्नै श्रीमती सानुकुमारीलाई ढुङ्गाको लोहोरोले टाउकोमा प्रहार गरेका थिए। प्रहारबाट गम्भीर घाइते भएकी सानुकुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे राति नै प्रहरीलाई जानकारी भएको र जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनामा संलग्न रहेको आरोपमा मनोज कार्कीलाई नियन्त्रणमा लिएको छ।

घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सामान्य विवादका क्रममा भएको उक्त घटनाले स्थानीय क्षेत्रमा शोक र त्रास फैलिएको छ।

प्रकाशित: १ मंसिर २०८३ १०:३४ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Onlinekhabar
19h ago
गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स

गोली प्रहारको घटनापछि टाइगरको पहिलो पोस्ट, नयाँ गीतमा देखिए सिक्स प्याक एब्स

बलिउड अभिनेता टाइगर श्राफ काममा फर्किएका छन् । गोली प्रहारको घटनापछि उनले पहिलोपटक सामाजिक सञ्जालमा पोस्ट सार्वजनिक गरेका छन् । उनी चाँडै नयाँ गीतमार्फत दर्शकमाझ आउँदै छन् । उक्त गीतमा उनी अभिनेत्री केतिका शर्मासँग रोमान्स …

#प्रहार
Compare →
Hamro Patro News
2d ago
हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

हरिपुर्वामा वृद्ध दम्पतीमाथि इँटा प्रहार, दुवै जना गम्भीर घाइते

सर्लाहीको हरिपुर्वा नगरपालिका–९, बसन्तपुरमा अज्ञात समूहले एक वृद्ध दम्पतीमाथि इँटा प्रहार गरी गम्भीर घाइते बनाएको छ। आक्रमणबाट ७० वर्षीय शुकदेव साह र उनकी श्रीमती जिब्छी साह गम्भीर घाइते भएका छन्।...

#प्रहार
Compare →

Related Stories

Technology
Build #2612