Trending
Prev Story
Next Story

ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

Onlinekhabar •
November 17, 2026 • 04:30 AM
3
3 reads 0 reactions

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत …

ट्राफिक प्रहरीको ‘बुलेट अपरेसन’, ४०१ मोटरसाइकल नियन्त्रणमा

१ मंसिर, काठमाडौं । चर्को आवाज निकाल्ने, साइलेन्सर मोडिफाइ गर्ने तथा साइलेन्सरबाट आगोको झिल्कासमेत निकाल्ने बुलेट लगायतका मोटरसाइकलविरुद्ध ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले ‘बुलेट अपरेसन’ अभियान अन्तर्गत नियमविपरीत स्वरूप परिवर्तन गरी सञ्चालन गरिएका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

मोटरसाइकलको साइलेन्सर परिवर्तन गरी ठूलो आवाज निकाल्ने, सडकमा ध्वनि प्रदूषण गर्ने तथा आगोको झिल्का निकाल्ने गतिविधिले सर्वसाधारणलाई सास्ती हुनुका साथै सडक सुरक्षामा समेत जोखिम बढाएको भन्दै प्रहरीले अभियान तीव्र बनाएको हो।

विशेषगरी अनावश्यक रूपमा ठूलो आवाज निकाल्ने र स्वरूप परिवर्तन गरिएका मोटरसाइकललाई लक्षित गरी प्रहरीले चेकजाँच तथा कारबाही अघि बढाएको छ।

ट्राफिक प्रहरीको यो अभियानले सडकमा ध्वनि प्रदूषण नियन्त्रण गर्न, अवाञ्छित गतिविधि रोक्न र सुरक्षित यातायात व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
53m ago
चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

चर्को आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले साइलेन्सर मोडिफाइ गरी चर्को आवाज निकाल्ने तथा आगोको झिल्का फाल्ने बुलेट लगायतका ४०१ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। ‘बुलेट अपरेसन’ अभियानअन्तर्गत न...

#निकाल्ने #ट्राफिक #प्रहरीको
Compare →
Bizshala
16h ago
काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौमा ट्राफिक नियम उल्लङ्घनको डरलाग्दो अवस्था, २९ दिनमै झन्डै १३ हजार चालक कारबाहीमा, मापसे गर्ने मात्रै २८ सय बढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकको संख्या उच्च देखिएको छ। कात्तिक महिनाको पहिलो २९...

#ट्राफिक #काठमाडौं
Compare →

Related Stories

National (Nepal)
Build #2612