Trending
Prev Story
Next Story

यस्तो छ आजका लागि तरकारीको थोक मूल्य

Bizshala •
November 17, 2026 • 03:33 AM
3
3 reads 0 reactions

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।...

यस्तो छ आजका लागि तरकारीको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आलु रातो (लाम्चो) ५० रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५० रुपैयाँ, भारतीय रातो आलु ३० रुपैयाँ र सेतो आलु २८ रुपैयाँ तोकिएको छ । भारतीय सुकेको प्याज ९० रुपैयाँ, लोकल गाजर ८० रुपैयाँ र तराई गाजर ५० रुपैयाँमा बिक्री भइरहेको छ ।

यस्तै बन्दा (लोकल) २५ रुपैयाँ, स्थानीय काउली २० रुपैयाँ, रातो मूला २० रुपैयाँ, सेतो मूला (हाइब्रिड) २० रुपैयाँ, लाम्चो भन्टा २० रुपैयाँ, डल्लो भन्टा ५० रुपैयाँ, तने बोडी ८० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ तथा घिउ सिमी (लोकल) ६० रुपैयाँ र घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ६० रुपैयाँ रहेको छ ।

त्यसैगरी टाटे सिमी ६० रुपैयाँ, तितो करेला ८० रुपैयाँ, लौका ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

रायोको साग ३० रुपैयाँ, पालुङ्गो साग ८० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र हरियो प्याज १५० रुपैयाँ तोकिएको छ । कन्य च्याउ २०० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, सिताके च्याउ ८०० रुपैयाँ, कुरिलो ७०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ८० रुपैयाँ, सेलरी ४०० रुपैयाँ, पुदीना ६०० रुपैयाँ र गान्टे मूला १०० रुपैयाँ रहेको छ ।

यस्तै समितिले स्याउ (फुजी) प्रतिकिलो ३०० रुपैयाँ, स्याउ (मुस्ताङ्ग) प्रतिकिलो २०० रुपैयाँ, केरा (नेपाली) प्रतिदर्जन १०० रुपैयाँ, केरा (मालभोग) प्रतिदर्जन १०० रुपैयाँ, कागती प्रतिकिलो १५० रुपैयाँ, अनार ३०० रुपैयाँ र तरबुजा (हरियो) ७० रुपैयाँ तोकिएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
2d ago
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ।

#आलु #रातो #तरकारी
Compare →
Hamro Patro News
1w ago
यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

यस्तो छ आज सागसब्जी र फलफूलको थोक मूल्य

काठमाडौँ, १९ कात्तिकः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा ठूलो (भारतीय...

#आलु #रातो #थोक
Compare →
Ekantipur
1d ago
३० कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

३० कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#थोक #तरकारी
Compare →

Related Stories

Business & Economy
Build #2612