Trending
Prev Story
Next Story

खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

Onlinekhabar •
November 17, 2026 • 03:01 AM
3
3 reads 0 reactions

१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय …

खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ

१ मंसिर,काठमाडौं । मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत, बिहार प्रान्त, अररिया जिल्ला, थाना बोका मोजदार–२ मुस्लिम टोल बस्ने अन्दाजी ४५ वर्षीय रघुनाथ पासवान,४० वर्षीया सकुन्तला पासवान र १८ वर्षीय करण पासवान रहेका छन् ।

सोमबार राति पौने ८ बजेको समयमा विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय रंगेली, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूको साथबाट २९ ग्राम ४८० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
2h ago
ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ

काठमाडौं : मोरङको रंगेलीमा ठूलो परिमाणको खैरो हेरोइनसहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन्। मोरङको रंगेली नगरपालिका–४ चोप्राहा बोर्डरस्थित सीमा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनसहित स...

#खैरो #हेरोइनसहित #भारतीय
Compare →
Nagarik News
1d ago
विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

विमानस्थलमा २२ करोडको हेरोइनसहित भारतीय नागरिक पक्राउ

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले थाइल्यान्डबाट काठमाडौँ आएका एक भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेको हो।

#भारतीय #लागुऔषध #हेरोइनसहित
Compare →
Bizshala
21h ago
नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

नेपाली सिमेन्ट र स्टिलको भारतीय बजारमा प्रवेश सहज बनाउन पहल, गुणस्तर प्रमाणीकरणको झन्झट हटाउन भारतसँग आग्रह

काठमाण्डौ । नेपालले स्वदेशमा उत्पादित सिमेन्ट, स्टिल, प्लाइउडलगायतका औद्योगिक वस्तुको भारतीय बजारमा पहुँच सहज बनाउन...

#भारतीय
Compare →
Ekantipur
5d ago
पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

पढाइले कसिँदै सीमावर्ती साइनो, भारतीय विद्यार्थीको बाध्यता र रोजाइमा नेपाली विद्यालय

गुणस्तरीय शिक्षा, अनुशासन र सहज पहुँचका कारण सीमावर्ती भारतीय गाउँका बालबालिका बालविकासदेखि उच्च तहसम्मै पढ्नका लागि नेपाल आउने गरेका छन् ।

#भारतीय
Compare →

Related Stories

National (Nepal)
Build #2612