Trending
Prev Story
Next Story

जमिन छाडेर रूखमा किन चढ्छन् जंगलका राजा ?

Onlinekhabar •
November 16, 2026 • 09:31 AM
3
3 reads 0 reactions

सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ । तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ । त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका …

जमिन छाडेर रूखमा किन चढ्छन् जंगलका राजा ?

सिंहलाई सम्झिनेबित्तिकै हाम्रो आँखाअघि खुला मैदान, अग्लो घाँस र त्यसैबीच शिकार खोज्दै हिँडिरहेको शक्तिशाली जनावरको चित्र आउँछ ।

तर अफ्रिकाका केही ठाउँमा भने दृश्य अलि फरक छ ।

त्यहाँका सिंहहरू जमिनमा होइन, रूखका अग्ला हाँगामा आराम गरिरहेका भेटिन्छन् ।

टाढाबाट हेर्दा उनीहरू ठूलो बिरालोजस्ता देखिन्छन् । तर, नजिकबाट नियाल्दा थाहा हुन्छ, ती बिरालो होइनन्, जंगलका राजा सिंह हुन् ।

तान्जानियाको लेक मन्यारा आसपास र युगान्डाको इशाशा रिजर्भमा सिंहहरू रूख चढेर लामो समयसम्म हाँगामा बस्ने गर्छन् ।

उनीहरू दिनको तातो समयमा रूखको छायामा आराम गर्छन् र त्यहीँबाट वरपरको जंगल नियालिरहेका हुन्छन् ।

वन्यजन्तु विज्ञहरूका अनुसार यसको एउटा मुख्य कारण गर्मी र किराबाट बच्नु हो ।

वर्षायाम सुरु भएपछि रिफ्ट भ्याली आसपासको घाँसे मैदानमा विभिन्न किसिमका किरा बढ्छन्। रगत चुस्ने झिँगा तथा अन्य कीराले शेरलाई निकै सताउन सक्छन् ।

जमिनको तुलनामा रूखमाथि हावा चलिरहन्छ । त्यसैले, त्यहाँ बस्दा कीराको हैरानी केही कम हुन्छ ।

अर्कोतर्फ, दिउँसोको चर्को घाममा जमिन निकै तात्छ । रूखका हाँगामा भने छायाँ हुन्छ र हावा पनि चलिरहेको हुन्छ । त्यसैले, शेरलाई शरीर चिसो राख्न कम ऊर्जा खर्च गर्नुपर्छ ।

तर रूखमा चढ्नुको फाइदा यतिमै सीमित छैन ।

अग्लो हाँगामा बसेपछि सिंहले वरपरको ठूलो क्षेत्र देख्न सक्छ।

टाढाबाट आउने भैंसी, हरिणलगायतका जनावरका समूहलाई जमिनबाटभन्दा रूखमाथिबाट सजिलै नियाल्न सकिन्छ। यसले सिंहलाई आफ्नो सम्भावित शिकार कहाँ छ भन्ने थाहा पाउन मद्दत गर्छ।

अर्थात्, रूख उनीहरूका लागि आराम गर्ने ठाउँ मात्र होइन, वरपरको गतिविधि नियाल्ने एउटा राम्रो स्थान पनि हो।

तर, सिंह त रूख चढ्न माहिर हुँदैनन्, नि?

हो, सिंह चितुवाजस्तो रूख चढ्न माहिर जनावर होइन ।

चितुवाको शरीर हलुका र लचिलो हुन्छ। उसको लामो पुच्छरले रूखका हाँगामा सन्तुलन कायम राख्न पनि मद्दत गर्छ।

सिंहको शरीर भने ठूलो र भारी हुन्छ। त्यसैले, रूख चढ्नु उसका लागि सजिलो काम होइन ।

कहिलेकाहीँ युवा सिंहहरू चिप्लो बोक्रामा चिप्लिन्छन् । लामो समयसम्म सुतेपछि उठ्दा सन्तुलन गुमाएर हाँगाबाट तल खस्ने घटना पनि हुन्छ।

तर, त्यसपछि पनि उनीहरू फेरि रूख चढ्न पछि हट्दैनन् ।

इशाशा र लेक मन्याराका सिंहका लागि रूख चढ्नु कुनै असामान्य व्यवहार होइन।

यो व्यवहार उनीहरूले पुस्तौँदेखि गर्दै आएका छन् ।

सिंहका बच्चा विस्तारै आफैँ हिँडडुल गर्न सक्ने भएपछि पोथीले उनीहरूलाई रूख चढ्ने अभ्यास गराउन थाल्छिन् । हुर्किंदै जाँदा उनीहरूले रूखमा कसरी चढ्ने मात्र होइन, कहिले र किन चढ्ने भन्ने पनि सिक्दै जान्छन्।

त्यसैले, बाहिरबाट हेर्दा अनौठो लाग्ने यो व्यवहार उनीहरूको दैनिक जीवनको सामान्य हिस्सा बनिसकेको छ ।

सिंहलाई हामी प्रायः खुला मैदानको शक्तिशाली शिकारीका रूपमा बुझ्छौँ।

तर इशाशा र लेक मन्याराका रूखमा बसेका सिंहले वन्यजन्तुको व्यवहार सधैँ एउटै हुँदैन भन्ने देखाउँछन् ।

आफ्नो वरपरको वातावरणमा आउने चुनौतीअनुसार जनावरले पनि आफूलाई बदल्न सक्छन् । गर्मी बढ्दा छायाँ खोज्ने, कीराबाट बच्ने र टाढासम्म देखिने ठाउँ रोज्ने ।  यी सबै उनीहरूको वातावरणसँगको अनुकूलनका उदाहरण हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
जंगल सफारी, गोलाघाटको सूर्यास्त र थारू भान्साको स्वादसँगै बितेको हाम्रो दसैं

जंगल सफारी, गोलाघाटको सूर्यास्त र थारू भान्साको स्वादसँगै बितेको हाम्रो दसैं

मेघौलीको जंगलमा मृग देख्दा मलाई लमजुङको पात्ले खेत सम्झना आयो। मृग र बाँदर खेतमा पसे भने हाम्रो आँखा सोझै बालीमा जान्थ्यो। चितवनमा भने मेरा आँखा मृगमै अडियो। कतिबेर हामी उसैलाई हेरिरह्यौं। कामको स...

#जंगल
Compare →
Nagarik News
3d ago
ल्यान्डफिलसाइट निर्माण गर्न २५ सय रूख कटान

ल्यान्डफिलसाइट निर्माण गर्न २५ सय रूख कटान

भरतपुरको ल्यान्डफिलसाइट निर्माणका लागि २ हजार ५०६ वटा रूख कटान गरिएको छ।

#रूख
Compare →
Ekantipur
1w ago
गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

गोरखाको पाङसिङ नजिकैको जंगलमा आगोलागी

आइतबार दिउँसोबाट जंगलमा आगोलागी भएको र आगो साँझसम्म पनि नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

#जंगल
Compare →

Related Stories

World News
Build #2612