Trending
Prev Story
Next Story

डुबान र पटान सहने बेसार खेतीमा कुतियाकवरका कृषक

Ekantipur •
November 16, 2026 • 08:02 AM
3
3 reads 0 reactions

महाकाली र जोगबुडा नदीबाट बाढीको मार खेपिरहेका कुतियाकवरका किसान धान र गहुँ नफल्ने जमिनमा बेसार उत्पादन गर्न थाले पनि बजार तथा ढुवानीको समस्याले चिन्तित छन्।

डुबान र पटान सहने बेसार खेतीमा कुतियाकवरका कृषक

महाकाली र जोगबुडा नदीबाट बाढीको मार खेपिरहेका कुतियाकवरका किसान धान र गहुँ नफल्ने जमिनमा बेसार उत्पादन गर्न थाले पनि बजार तथा ढुवानीको समस्याले चिन्तित छन्।

कञ्चनपुर — दोधारा चाँदनी नगरपालिका-१० कुतियाकवरका टेकबहादुर सुनार केही वर्षअघिसम्म धान खेती गर्थे । धान राम्रै उत्पादन हुन्थ्यो । तर २०७८ को बाढीले जमिनमा बालुवा थुपारेपछि उनले अहिले उक्र जमिनमा बेसार खेती लगाउन थालेका छन् । उनले आधा विघामा तिन वर्षदेखि बेसार खेत्री लगाउन थालेका हुन् ।

‘बालुवामा धान गहुँ राम्रो हुँदैन, बाढी आए डुबानमा परेर सबै नोक्सान हुन्छ,’ सुनारले भने, ‘बेसार खेती अलिअलि डुबान भए पनि बिग्रिद्रैन, बालुवामा राम्रो हुन्छ ।’ उनले आधार विघामा सय क्विण्टल हाराहारी बेसार उत्पादन हुने गरेको बताए ।

पूर्वतिर महाकाली नदी र उत्तरतिर जोगबुडा नदी बाँकी दुईतिर भारतीय भूभागको बीचमा सानो बस्तीको छ कुतियाकवर । यहाँ ३८ परिवारको बसोबास छ । महाकाली र जोगबुडा नदीको बाढीले कुतियाकवर वर्षेनी डुबानमा पर्दै आएको छ । ‘त्यही डुबानका कारण अहिले बेसार खेतीमा लागेका छौं,’ कुतियाकवरका अर्का कृषक खडके बुढाले भने, ‘बालुवामा पनि फल्ने र डुबान भए पनि खासै समस्या हुँदैन ।’ उनले डेढ विघामा बेसार खेती गरेका छन् । गत वर्ष उनले ४ लाख हाराहारीको बेसार बिक्री गरेका थिए ।

गत वर्ष उनले छिमेकी भारतीय बजारमा बेसार बिक्री गरेका थिए । प्रतिकिलो २० भारु मूल्य पाएका थिए । तर अहिले भारततिर लैजान एसएसबीले बन्द गरेको छ । यसपटक जोताईका लागि ट्रयाक्टर समेत आउन दिएन । नेपालबाट ट्रयाक्टर जान सक्ने अवस्था छैन । जोगबुडा नदीमा पानी बढी भएकाले हिउँदसम्मै ट्रयाक्टर आउजाउ गर्न सक्ने अवस्था हुँदैन। ‘यसपाली बेसा कहाँ बिक्री गर्ने भन्ने चिन्ता छ,’ सुनारले भने, ‘नेपालतर्फ लैजान ढुवानी पनि बढी लाग्ने र खरिद गर्ने पनि कोही भेटिएको छैन ।’

उनले नगरपालिकाले बिक्रीका लागि आवश्यक वातावरण बनाइदिन समेत आग्रह गरिएको बताए ।यसका साथै कुतियाकवरमा खनजोतका लागि पनि ट्रयाक्टर ल्याउने विषयमा समेत नगरपालिकासंग आग्रह गरिएको बताए । कुतियाकभरमा करिब १५ विघामा बेसार खेती गरिएको छ । उक्त बेसार नेपालतर्फ बिक्री गर्ने वातावरण भएमा निकै सहज हुने किसानहरु बताउँछन् । यसका लागि उचित मूल्यसँगै ढुवानीका लागि नगरपालिकाले आवश्यक सहजीकरण गरिदिनुपर्ने उनीहरु बताउँछन् ।

दोधारा चाँदनी नगरप्रमुख किशोर कुमार लिम्बुले कुतियाकवरमा जोताइ र थ्रेस्रिंगका लागि ट्रक्याटर ल्याउन आवश्यक सहजीकरण गरिने बताए । उनले यसका साथै कृषिजन्य उत्पादन ढुवानीका लागि नगरपालिका कृषि एम्बुलेन्सको पनि व्यवस्थापन गर्ने योजना बनाएको बताए । अहिले बेसार बिक्रीका लागि व्यवसायीहरुसँग समन्वय भइरहेको उनले बताए ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
3d ago
बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

बेसार खेतीमा रमाउँदै नगरप्रमुख भाम र स्वास्थ्यकर्मी शाही

मुगु – भान्सामा दैनिक प्रयोग हुने बेसार मुगुमै प्रशस्त उत्पादन गर्न सकिने सम्भावना छ। यहाँको हावापानी र जमिन बेसार खेतीका लागि उपयोगी हुँदाहुँदै पनि अधिकांश उपभोक्ता बजारमा पाइने बाहिरबाट आयातित खु...

#बेसार #खेती
Compare →
Onlinekhabar
1w ago
बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

बाँझो जमिनमा फूल खेतीले दिएको खुसी

२२ कात्तिक, गुल्मी । बढ्दो बसाइँसराइका कारण पछिल्लो समयमा गाउँघरमा खेतबारी बाँझिँदै गएका छन् । रोजगारी र अवसरको खोजीमा युवा पुस्ता विदेशिने क्रम बढ्दो छ । तर, छत्रकोट गाउँपालिका–२ ग्वाघाकी ५२ वर्षीया लक्ष्मी महत्राले भने अरूले …

#खेती
Compare →

Related Stories

Business & Economy
Build #2612