Trending
Prev Story
Next Story

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

Onlinekhabar •
November 16, 2026 • 03:31 AM
4
4 reads 0 reactions

३० कात्तिक, जनकपुरधाम । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् । गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका …

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

३० कात्तिक, जनकपुरधाम । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् ।

गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ ।

यादवको गालामा चोटको निशान र रगत देखिएको उनले बताए ।

प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डीएसपी खनालको भनाइ छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
2h ago
धनुषामा छठघाट रुँघ्न बसेका ६० वर्षीय पुरुषको हत्या, एकजना पक्राउ

धनुषामा छठघाट रुँघ्न बसेका ६० वर्षीय पुरुषको हत्या, एकजना पक्राउ

जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२ मतौनास्थित धनी पोखरीमा छठघाट रुङ्न बसेका एक पुरुष मृत अवस्थामा फेला परेका छन् । स्थानीय करिब ६० वर्षीय रामजतन यादव (म्यानेजर) सोमबार बिहान ६ बजे पोखरीमा मृत...

#बसे #मृत #छठघाट
Compare →
Nagarik News
1h ago
छठघाट कुरेर बसेका ६० वर्षीय पुरुष मृ’त फेला

छठघाट कुरेर बसेका ६० वर्षीय पुरुष मृ’त फेला

धनुषाको शहीदनगर नगरपालिका–२, मतौनास्थित धनी पोखरीमा छठघाटको रेखदेख गर्न बसेका ६० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।

#बसे #छठघाट
Compare →

Related Stories

Technology
Build #2612