Trending
Prev Story
Next Story

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

Nagarik News •
November 16, 2026 • 01:13 AM
3
3 reads 0 reactions

म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ।

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर खानेपानी आपूर्ति गर्न थालेको हो।

चौध किलोमिटर लामो मुख्य पाइप लाइन मर्मत गरेर यही कात्तिक २७ गतेदेखि पानी आपूर्ति गराउन थालिएको बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए। 'डेढ महिनाको प्रयासपछि प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गराउन थालेका छौँ', उनले भने, 'राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी र वैकल्पिक पाइप लाइन निर्माण गरिएको छ।'

बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइप लाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइप लाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए।

विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुवडाबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो। अम्रेनी र वडाको वैकल्पिक मुहान सुकिसकेका छन्। वैकल्पिक मुहान सुकेकाले रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गराउन पाइप लाइन मर्मत गरिएको हो।

संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ। मागअनुसार आपूर्ति गर्न नसकेपछि उपभोक्तालाई आलोपालो प्रणालीअनुसार टोल विभाजन गरेर खानेपानी वितरण गरिएको उपाध्यक्ष श्रेष्ठले बताए।

प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइप लाइन विपद्पछि बन्द भएको थियो। अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइप लाइन विस्तार गरिएको हो।

बेनीको कालीपुलदेखि बराहपाखोस्थित पानी सङ्कलन केन्द्र खण्डको पाइप लाइन खोरिया, खरेनी र बराहपाखोको पहिरोले जोखिममा परेपछि बजारको बाहिरी भागबाट वैकल्पिक पाइप लाइन बनाइएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए।

सचिव रेग्मीका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि रु १४ करोड ७० लाख र दीर्घकालीन योजनाका लागि रु ७० करोड आवश्यक पर्ने लागत अनुमान तयार पारी खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ। रासस

प्रकाशित: ३० कार्तिक २०८३ ०६:५८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
5h ago
बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

बेनीमा डेढ महिनापछि खानेपानी आपूर्ति

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको ...

#खानेपानी #आपूर्ति #डेढ
Compare →
Onlinekhabar
57m ago
डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

डेढ महिनापछि बेनी बजारमा खानेपानी आपूर्ति सुरु

३० कात्तिक, म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीबजारमा डाँडाखर्कको मुहानबाट डेढ महिनापछि खानेपानी आपूर्ति हुन थालेको छ । बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ रिठाखर्क र डाँडाखर्कको मुहानबाट बेनी बजारमा अस्थायी पाइप लाइन बनाएर …

#खानेपानी #आपूर्ति #डेढ
Compare →
Ekantipur
1w ago
तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी

तिहार र छठमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणको तयारी

तिहारको लक्ष्मीपूजाका दिन साँझ विद्युत्‌को अधिकतम माग करिब १७ सय मेगावाट रहने अनुमान गरिएको छ । गत वर्ष सोही दिन १६५० मेगावाट रहेको थियो ।

#आपूर्ति
Compare →
Bizshala
1w ago
तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

तीन महिनामै खानेपानीका ९२ आयोजनाको ठेक्का आह्वान, १३ लाख ७२ हजार नागरिक लाभान्वित हुने

काठमाण्डौ ।  पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले चालु आर्थिक वर्षको सुरुवाती तीन महिनामै ९२ वटा साना तथा ठूला...

#खानेपानी
Compare →

Related Stories

Technology
Build #2612