Trending
Prev Story
Next Story

चाडपर्वको रौनकसँगै गुल्जार बन्यो सौराहा

Hamro Patro News •
November 15, 2026 • 11:33 AM
3
3 reads 0 reactions

भरतपुर, कार्तिक २९ गते । चाडपर्वको रौनकसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । तिहारको लामो बिदा मनाउन निस्किएका आन्तरिक र अनुकूल मौसमको खोजीमा रहेका विदेशी...

1 / 2
Swipe Photos

भरतपुर, कार्तिक २९ गते । चाडपर्वको रौनकसँगै चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा पर्यटकको चहलपहल ह्वात्तै बढेको छ । तिहारको लामो बिदा मनाउन निस्किएका आन्तरिक र अनुकूल मौसमको खोजीमा रहेका विदेशी पर्यटकको आगमनले यतिबेला सौराहा गुल्जार बनेको हो । गर्मी क्रमशः घट्दै जानु र शीतल मौसम सुरु हुनुले जङ्गल सफारी तथा बाहिरी गतिविधि गर्न सहज भएको छ । बिदा र मौसमको यही सुखद संयोगले परिवार तथा साथीभाइसँग घुमफिर गर्ने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा सौराहा परेको पर्यटन व्यवसायीहरूको अनुमान छ ।

रेष्टुरेण्ट तथा बार एशोसियसन (रेवान) सौराहाका अध्यक्ष शम्भु प्रसाद मालीकाअनुसार हाल सौराहामा दैनिक १५ देखि २० हजारको हाराहारीमा पर्यटक भित्रिरहेका छन् । ‘अहिले सौराहा पूरै प्याक छ,’ अध्यक्ष माली भन्नुहुन्छ, ‘सौराहा आउने सबै बास बस्छन् भन्ने त छैन, हात्ती चढ्ने, जङ्गल सफारी गर्ने र खानपान गरेर फर्किनेहरू पनि उत्तिकै छन् । यी सबै गरेर दैनिक १५ देखि २० हजार पर्यटक आइरहेका छन् ।’

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
3d ago
भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीकामा सौराहामा आन्तरिक पर्यटकको चहलपहल [तस्बिरहरू]

भाइटीका लगाएपछि चितवन र आसपासका क्षेत्रबाट पर्यटक घुम्न सौराहा पुगेका छन् । तर घोप्टेभीरको पहिरोका कारण पर्यटक आवागमन भने सोचेजति हुन नसकेको व्यवसायीले बताए ।

#सौराहा #पर्यटक
Compare →
Nagarik News
3d ago
जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जसपा नेपालका नेताको दाबी : चाडपर्व सकिएलगत्तै सरकारको विरोधमा आन्दोलन हुन्छ

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले चाडपर्व सकिएलगत्तै मुलुकमा सरकारको विरोधमा आन्दोलन हुने बताएका छन्।

#चाडपर्व
Compare →
Arthasansar
5d ago
नेपाल संवत्काे  अवसरमा प्रधानमन्त्रीको शुभकामना  : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

नेपाल संवत्काे अवसरमा प्रधानमन्त्रीको शुभकामना : ‘चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्’

प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रा मौलिक चाडपर्वहरूले रिसराग सबै भुलेर हामीबीचको सामाजिक एकता र सहिष्णुताको भावनालाई सधैँ बलियो बनाउन प्रेरित गर्ने...

#चाडपर्व
Compare →

Related Stories

Technology
Build #2612