Trending
Prev Story
Next Story

क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल

Onlinekhabar •
November 15, 2026 • 07:30 AM
4
4 reads 0 reactions 4 comments

३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन …

क्रिटिकल केयर मेडिसिन सोसाइटीको अध्यक्षमा डा. अर्याल

३० कात्तिक, काठमाडौं । नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिन (एनएससीसीएम) को अध्यक्षमा डा. दिप्तेश अर्याल चयन भएका छन् । संस्थाको तीन वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा डा. सविन कोइराला, महासचिवमा डा. प्रदीप तिवारी र कोषाध्यक्षमा डा. ललितकुमार राजवंशी निर्वाचित भएका छन् ।

त्यस्तै, सहसचिवमा डा. किशोर खनाल र सहकोषाध्यक्षमा डा. सचित शर्मा चयन भएका छन् । कार्यसमिति सदस्यमा डा. विपिन कारी, डा. शुभकल्याण श्रेष्ठ, डा. बसन्त गौली र डा.कल्पना खर्बुजा चयन भएका छन्।

नवनिर्वाचित कार्यसमितिलाई संस्थाका निवर्तमान अध्यक्ष प्रा. डा.रविराम श्रेष्ठले बधाई तथा शुभकामना दिएका छन् । यसैबीच, एनएससीसीएमले क्रिटिकल केयरसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन पनि सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल र्‍याडिसनमा कात्तिक २७ र २८ गते आयोजित सम्मेलनमा ४० भन्दा बढी देशका एक सयभन्दा बढी अन्तर्राष्ट्रिय विशेषज्ञ र आठ सयभन्दा बढी सहभागीको उपस्थिति थियो ।

‘एउटै समूह, एउटै लक्ष्य : निम्न तथा मध्यम आय भएका देशमा सघन उपचारको गुणस्तर र सुरक्षा अभिवृद्धि’ भन्ने नाराका साथ सम्मेलन आयोजना गरिएको थियो।

सम्मेलनमा वर्ल्ड फेडेरेसन अफ क्रिटिकल केयर नर्सेस (डब्लुएफसीसीएन) को २१औँ विश्व सम्मेलन, नेप्लिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनको आठौँ अन्तर्राष्ट्रिय सम्मेलन र क्रिटिकल केयर नर्सेस एसोसिएसन अफ नेपालको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलन एकैसाथ आयोजना गरिएको थियो ।

नेपालमा सघन उपचार सेवाको विकास, गुणस्तर र सुरक्षासम्बन्धी अनुभव तथा ज्ञान आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपानेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । नवनिर्वाचित का...

#चयन #अध्यक्षमा
Compare →
Nagarik News
2w ago
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

#केयर
Compare →
Ekantipur
1w ago
भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

भेरी अस्पतालमा फोक्सो, क्रिटिकल केयर र निद्रा रोगको विशेषज्ञ सेवा संचालन

नयाँ सेवाले श्वासप्रश्वास, सघन उपचार र निद्रासम्बन्धी समस्या भएका बिरामीलाई निजी अस्पतालको महँगो उपचारमा निर्भर हुनुपर्ने बाध्यता घटाउनेछ।

#क्रिटिकल #केयर
Compare →

Related Stories

Health & Wellness
Build #2612