Trending
Prev Story
Next Story

छठः गुह्येश्वरी र गौरीघाट दुलहीझै सिँगारिए

Nagarik News •
November 15, 2026 • 04:19 AM
4
4 reads 0 reactions

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रूपमा सजाइएको छ।

छठः गुह्येश्वरी र गौरीघाट दुलहीझै सिँगारिए

अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिई छठ पर्व मनाउन राजधानीको गुह्येश्वरी गौरीघाट वाग्मती किनारलाई आकर्षक रुपमा सजाइएको छ।

छठ पर्वको मु्ख्य दिन आज बेलुकी अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई पूजा, आराधनासहित अघ्र्य दिन राजधानीको यो मुख्य छठ घाटलाई दुलहीझै सिँगारिएको हो। छठ घाट एवं छठी माताको मूर्ति सजावट लगायत सबै तयारी पूरा भएको छठ पूजा समिति, गुह्येश्वरीका अध्यक्ष अनिल सिंहले बताए।

गुह्येश्वरी गौरीघाट क्षेत्रमा यस वर्ष ६०० भन्दा बढी छठ घाटको निर्माण गरिएको छ। विगत वर्षभन्दा यहाँ आउने छठ व्रतालु यस वर्ष बढेको पनि उनले बताए।

कार्तिक शुक्ल चतुर्थीका दिन शुक्रबार स्नान गरी चोखो खाएर व्रतालु बसेका थिए। यसदिनदेखि छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो, आदि नखाने विधि छ।

मनोकाङ्क्षा पूरा हुने विश्वासमा महिलाले छठमा कठोर व्रत  गर्छन्। विशेषगरी तराईमा मनाइने मिथिला संस्कृतिमा आधारित छठ पर्व २०४६ सालपछि काठमाडौँलगायत पहाडमा मनाउन थालिएको हो।

यसैबीच पर्साका छठघाट  पनि दुलहीझै सिँगारिएका छन्। यहाँका पोखरी, नदी, सरोवर र पौडी पोखरीसमेत झकिझकाउ पारिएको छ।

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष रुपमा सजावट गरेका घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साहले बताए। छठ व्यवस्थापनका लागि रु २६ लाख विनियोजन गरिएको उनले बताए।

प्रकाशित: २९ कार्तिक २०८३ १०:०४ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#अस्ताउँदो #उदाउँदो #सूर्य
Compare →
Ekantipur
4h ago
आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइँदै

लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदैछ। कात्तिक शुक्ल षष्ठीका दिन मनाइने यस पर्वका व्रतालु शनिबार राति खरना विधि सम्पन्न गरेसँगै निराहार व्रतमा छन्।

#अस्ताउँदो #सूर्य
Compare →
Setopati
4h ago
छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ।

#अस्ताउँदो #सूर्य
Compare →
Hamro Patro News
5h ago
आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ। कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबार सुरु भएको ...

#अस्ताउँदो #सूर्य
Compare →

Related Stories

World News
Build #2612