Trending
Prev Story
Next Story

देवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न

Nagarik News •
November 15, 2026 • 02:50 AM
3
3 reads 0 reactions

विराट साहित्य संगम विराटनगरले २४३औँ मासिक साहित्य शृङ्खलाकाे साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएकाे छ।

देवकोटा जयन्तीसँगै विराट साहित्य संगमको २४३औँ शृङ्खला सम्पन्न

विराट साहित्य संगम विराटनगरले २४३ औँ मासिक साहित्य शृङ्खलाकाे साथ महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जन्मजयन्ती मनाएकाे छ।

संस्थाका अध्यक्ष मधु पोखरेलको अध्यक्षता तथा भीमेन्द्रबहादुर कार्कीकाे प्रमुख आतिथ्य तथा डेगराज पौडेल विशिष्ट आतिथ्यमा  विराटनगरस्थित राष्ट्रसेवक सहकारीको सभाहलमा कार्यक्रम भएकाे हाे।

कार्यक्रममा शिवनारायण सिंघल, चन्द्रकान्ता भट्टराई, गोविन्द ढुंगाना, श्याम्भुनाथ कार्की, उमेश लुइँटेल, प्रयाग न्यौपाने, रञ्जना भट्टराई, अम्बिका खरेल उप्रेती, लक्ष्मी रायमाझी, कविता केशरी, भीम कोइराला, भवानी पोखरेल, कर्ण सञ्जय, शुभलक्ष्मी लम्साल, डोमी कामत, सुजाता राई, नारायण दाहाल, भुपाल अधिकारी, ऋषि तिवारी, सुजाता राई, किरण अञ्जान, गोपाल निर्भीक, केशव रिजाल, शम्भुप्रसाद भट्टराई र हरिप्रसाद बराल लगायत स्रष्टाले आफ्ना साहित्यिक रचना वाचन गरेका थिए।

त्यसैगरी कविता चापागाईं, प्राडा मीनराज ढकाल, प्रा. एकराज भट्टराई, प्रा. राजेश्वर निरौला, सीमा आभास, दीपा दाहाल, निर्मला कोइराला, सुमन पोखरेल र मणि दाहाल लगायत साहित्यप्रेमीको बाक्लो उपस्थिति थियो।

कार्यक्रममा सहभागिता प्रोत्साहन पुरस्कार, नगेन्द्रमणि न्यौपाने तथा विन्ध्या न्यौपाने पुरस्कार र कवि शैलेन घिमिरे तथा अच्युत खतिवडाद्वारा स्थापित पुरस्कार कवि लक्ष्मी रायमाझीलाई गोलाप्रथाबाट छनोट गरी प्रदान गरिएका हुन्।

प्रकाशित: २९ कार्तिक २०८३ ०८:३५ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
5d ago
त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

त्रिमूर्ति निकेतनमा देवकोटा जयन्ती

काठमाडौँ– महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित त्रिमूर्ति निकेतनमा माल्यार्पण गरिएको छ । निकेतनका संस्थापक तथा अध्यक्ष इन्दिरा प्रसाईले आज महाकवि देवकोटाको पूर्णकद...

#देवकोटा
Compare →

Related Stories

National (Nepal)
Build #2612