Trending
Prev Story
Next Story

तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

Ekantipur •
November 14, 2026 • 03:02 PM
2
2 reads 0 reactions

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो ।

तामाङ संस्कार तथा संस्कृति निर्देशिकालाई समृद्ध बनाउने प्रयास

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो ।

काठमाडौँ — तामाङ संस्कार तथा संस्कृति निर्देशिका याम्बु (काठमाडौं) नेपाललाई समृद्ध बनाउने प्रयास थालनी भएको छ ।

तामाङ समुदायमा जन्मदेखि मृत्युसम्मका विविध संस्कार, संस्कृतिमा एकरुपता ल्याउने गरी 'तामाङ संस्कार तथा संस्कृति निर्देशिका'लाई समयानुकूल परिमार्जन गर्न लागिएको हो । त्यसका लागि अन्तर्राष्ट्रिय तामाङ परिषद्को आयोजनामा शनिबार काठमाडौंमा तामाङ संस्कार तथा संस्कृति निर्देशिकासम्बन्धी एकदिने गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा तामाङ समुदायको संस्कार, संस्कृति, परम्परा र प्रथाजनित कानुनका विषयमा छलफल गरिएको अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले जानकारी दिए ।

उनले तामाङ सामाजिक व्यवस्था/संस्कार, संस्कृति थप समृद्ध बनाउने एउटा ठोस प्रयास थालनी गरिएको बताउँदै गोष्ठी, बैठक, छलफलका क्रममा विज्ञ, सल्लाहकारलगायतको सुझावका आधारमा निर्देशिकालाई परिषद्को छैटौं महाधिवेशनसम्ममा अन्तिम रुप दिने तयारी रहेको बताए ।

गोष्ठीमा मानवशास्त्री मुक्तसिंह लामाले तामाङ संस्कार तथा संस्कृति निर्देशिकासम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । वरिष्ठ अधिवक्ता कुन्साङ योन्जनले प्रथाजनित कानुन र मानवअधिकारका विषयमा प्रस्तुति दिएका थिए । त्यसपछि सहभागीहरूले कार्यपत्रमाथि सुझाव तथा विचार प्रस्तुत गरेका थिए । गोष्ठीमा उपस्थित विभिन्न संघसंस्थाका प्रतिनिधि, विज्ञ तथा सहभागीहरूले निर्देशिकाका विषयमा आफ्ना धारणा र सुझाव राखेका थिए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण लामा, विज्ञ अजितमान तामाङ, नेपाल तामाङ घेदुङ कुवेतका संरक्षक राम लामा, नेपाल तामाङ घेदुङ कतारका संरक्षक विनेश मोक्तान, तामाङ समाज यूएईका अध्यक्ष सुरेन तामाङ, नेपाल तामाङ समाज जापानका अध्यक्ष गिरबहादुर घिसिङ र तामाङ समाज टेक्सास अमेरिकाका अध्यक्ष कुमार योन्जनलगायतले धारणा राखेका थिए । उनीहरुले तामाङ समुदायको संस्कार, संस्कृतिका विविध आयामलाई एकरुपता बनाउने र सुधार गर्दै लैजानुपर्नेमा जोड दिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
3h ago
‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ पुनः संशोधनका लागि छलफल

‘तामाङ संस्कार–संस्कृति निर्देशिका’ पुनः संशोधनका लागि छलफल

तामाङ समुदायको जन्मदेखि मृत्युसम्ममा अपनाउने विभिन्न संस्कार संस्कृतिमा एकरुपता ल्याउन प्रकाशित “तामाङ संस्कार–संस्कृति निर्देशिका” लाई पुनः संसोधनका लागि छलफलको आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय ...

#तामाङ #संस्कार #संस्कृति
Compare →
Nagarik News
4d ago
मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

मौलिक संस्कार, संस्कृति र सभ्यता बिर्सन हुन्नः गृहमन्त्री गुरुङ

गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कार नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।

#संस्कार #संस्कृति
Compare →
Onlinekhabar
11h ago
मोहन गोले तामाङका दुई पुस्तक विमोचित

मोहन गोले तामाङका दुई पुस्तक विमोचित

२८ कात्तिक, काठमाडौं । मोहन गोले तामाङका दुई पुस्तक एकैसाथ विमोचन गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमका बीच आदिवासी जनजाति आन्दोलनका अभियन्ता तथा लेखक तामाङको ‘तामाङ संस्कार संस्कृति’ र ‘तामाङ राष्ट्रको राजनीति’ पुस्तक संयुक्त रूपमा …

#तामाङ
Compare →

Related Stories

Education & Youth
Build #2612