नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
काठमाडौँ — मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्रीमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म समय दिएको हो ।
नेपाली कंग्रेसका नेता कृष्णप्रसाद यादवले विश्वासको मत नपाउने देखिएपछि आजै मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए ।
मधेस प्रदेशमा नयाँ सरकारका लागि एमाले र नेकपासहितको गठबन्धन बनाउने तयारी भएको बताइएको छ ।