Trending
Prev Story
Next Story

आदर्श प्रेमको प्रतीक

Hamro Patro News •
November 14, 2026 • 02:46 AM
3
3 reads 0 reactions

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनु पर्छ । सूर्यले प्रकाश दियो, जिउमा स्फूर्ति दियो, काम गर्न जाँगर दियो अनि सूर्य अनायास सबै मानवका श्रद्धेय, ...

1 / 2
Swipe Photos

मानव जातिको प्रादुर्भाव भएसँगै उसले सर्वप्रथम आकाशमा गोलाकार चम्किलो सूर्यलाई देखेको हुनु पर्छ । सूर्यले प्रकाश दियो, जिउमा स्फूर्ति दियो, काम गर्न जाँगर दियो अनि सूर्य अनायास सबै मानवका श्रद्धेय, पूज्य हुन पुग्यो । समाज विकसित हुँदै जाँदा दुई वर्ग विकसित भयो । ती हुन्– अध्ययन गर्ने र श्रम गर्ने । अध्ययन गर्नेले वेद, पुराणको रचना गरी समाजलाई शास्त्रीय पद्धतितिर लगे । श्रम गर्नेले आफ्नै परिवेश र जीवनशैलीलाई टेकेर सहज र सुलभ पद्धति विकास गरे, जसलाई प्रकारान्तरमा लोकपद्धति भनियो । समाजको ठुलो वर्गले यही पद्धतिलाई स्वीकार गर्‍यो । यसबाट अनेक प्रकारका लोकपरम्परा विकास पनि भयो । त्यस्तै एउटा लोक परम्परा हो– सामा–चकेवा, जसको प्रारम्भ छठको सुरुवातसँगै हुन्छ । बहिनीद्वारा भाइप्रतिको आस्था र प्रेम प्रदर्शित गर्ने यो पर्वलाई नाट्य श्रेणीमा पनि राख्ने चलन छ ।

सांस्कृतिक सम्पदाको धनी मिथिलाले आफूभित्र अनेकौँ मनोरञ्जनार्थ लोकगीत र लोककथा समाहित गरेको छ । परिवारजनका लागि मनोरञ्जनका अन्य कुनै साधन उपलब्ध नभएपछि लोकगीत, लोककथा, लोकगाथा र लोकनाट्यहरूबाटै परिवार र समाजले प्रसन्नता र खुसी प्राप्त गर्थे ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612