काठमाडौं । सञ्जु सामसन, श्रेयस अय्यर र नमन धीरको उत्कृष्ट ब्याटिङको मद्दतले भारतले पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा घरेलु टोली न्युजिल्यान्डमाथि ४ विकेटको शानदार र रोमाञ्चक जित दर्ता गरेको छ। न्युजिल्यान्डले जितका लागि प्रस्तुत गरेको २२६ रनको विशाल लक्ष्य भारतले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो।
हग्ले ओभलमा पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २२५ रनको उच्च योगफल खडा गरेको थियो। यो टी–२० अन्तर्राष्ट्रियमा न्युजिल्यान्डले भारतविरुद्ध बनाएको हालसम्मकै उच्च योगफल हो। घरेलु टोलीका लागि ग्लेन फिलिप्सले विस्फोटक ब्याटिङ गर्दै मात्र ४० बलमा ८ चौका र ३ छक्कासहित अविजित ८२ रन बनाए। त्यस्तै फिन एलेनले २४ बलमा ४५ रन र बेभोन जेकोब्सले १६ बलमा ३१ रनको महत्त्वपूर्ण योगदान दिएका थिए।
Read full story at source ( nepalviews.com )