तिहार सकिएको केही दिनपछि मनाइने छठ श्रद्धा, भक्ति र उत्साहका साथ मनाइन्छ । तराईमा छठको विशेष धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । अचेल पहाडतिर पनि छठ मनाउने गरिएको पाइन्छ । छठमा मुख्यतः सूर्यदेवताको पूजा तथा उपासना गरिन्छ । व्रतालुहरूले कठोर नियम र निष्ठाका साथ यो पर्व मनाउँछन् । विशेष गरी महिलाहरूले श्रद्धापूर्वक व्रत बस्ने परम्परा छ । चार दिनसम्म विभिन्न विधि पूरा गर्दै मनाइने छठमा श्रद्धा, भक्ति, शुद्धता र प्रकृतिप्रतिको सम्मान देख्न पाइन्छ ।
छठको पहिलो दिनलाई नहाय–खाय भनिन्छ । यस दिन व्रतालुहरू पवित्र भएर स्नान गर्छन् र घर सफा गरी पूजाआजा गर्छन् । चोखो तथा शुद्ध भोजन तयार पारेर ग्रहण गरिन्छ । यही दिनदेखि छठ पर्व विधिवत् रूपमा सुरुवात हुन्छ ।
Read full story at source ( gorkhapatraonline.com )