Trending
Prev Story
Next Story

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

Ekantipur •
November 12, 2026 • 09:31 AM
2
2 reads 0 reactions

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले तिहारका अवसरमा स्थानीयसँगै नाचगान गर्दै नेपाली संस्कृति, परम्परा र चाडपर्वको अनुभव लिए।

लमजुङको देउसीभैलोमा विदेशी पर्यटकको रमाइलो

चक्रीय अन्नपूर्ण पदमार्गमा आएका पर्यटकले तिहारका अवसरमा स्थानीयसँगै नाचगान गर्दै नेपाली संस्कृति, परम्परा र चाडपर्वको अनुभव लिए।

लमजुङ — नेपालीको मौलिक र सांस्कृतिक महत्त्व बोकेको पर्व तिहारमा सहरबजारदेखि गाउँसम्मै देउसीभैलो खेलिएको छ। आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई जोड्ने देउसीभैलोमा विदेशी पर्यटकसमेत रमाए ।

चक्रीय अन्नपूर्ण पदमार्गको भ्रमणमा आएका पर्यटक लमजुङ सदरमुकाम बेंसीसहरमा स्थानीय युवायुवतीसँगै देउसीभैलो खेलेर रमाएका हुन्। पदयात्राका क्रममा पहिलो रात बिताउन बेंसीसहर आएका पर्यटक मनाङे चौतारास्थित होटलमा बसेका थिए। सोही क्रममा उनीहरू सडकमा स्थानीय युवायुवतीले खेलिरहेको देउसीभैलोमा सहभागी भएका हुन्।

मनाङे चौतारास्थित नमस्ते थकाली किचनका सञ्चालक टेकजङ गुरुङले साँझपख विदेशी पर्यटक स्थानीय युवायुवतीसँगै देउसीभैलोमा झुमेको बताए। त्रिवेणी युवा क्लबका अध्यक्षसमेत रहेका उनले पर्यटकले नेपाली संस्कृति, परम्परा र चाडपर्वबारे बुझ्दै देउसीभैलोमा रमाएको बताए।

पर्यटक मादल र खैंजडी बजाउने, ड्रमसेटको तालमा नाच्ने तथा गीतसंगीतमा रमाउने कार्यक्रममा सहभागी भएका थिए। गंगापूर्ण होटलका सञ्चालक प्रकाश घलेका अनुसार देउसीभैलो खेल्ने, नाचगान गर्ने र रमाइलो गर्ने क्रममा पर्यटकले नेपाली चाडपर्वको अनुभवसमेत बटुलेका छन्। ‘विदेशी पर्यटक घुम्न र रमाउन नै आएका हुन्। नेपाली संस्कृतिमा रमाउन पाउँदा उनीहरूले नयाँ अनुभवसमेत बटुलेका छन्,’ उनले भने।

विदेशी पाहुनालाई नेपाली संस्कृति र परम्परासँग प्रत्यक्ष जोड्ने अवसर बनेको यो सहभागिताले स्थानीय युवायुवतीमा पनि उत्साह थपेको विद्यार्थी मुना गुरुङले बताइन्। उनका अनुसार देउसीभैलोमा सहभागी पर्यटकले आफ्नो तर्फबाट दक्षिणा तथा दानसमेत दिएका छन्। पर्यटकलाई पदयात्रामा लिएर आएका पथप्रदर्शकले पनि देउसीभैलोमा सहयोग गरेका छन्।

चक्रीय अन्नपूर्ण पदमार्गमा आउने पर्यटकका लागि बेंसीसहर पदयात्राको प्रवेशद्वार र महत्त्वपूर्ण बासस्थानका रूपमा रहेको छ। यहाँ आउने पर्यटकले अन्नपूर्ण क्षेत्रको प्राकृतिक सुन्दरतासँगै स्थानीय संस्कृति, कला, परम्परा र जीवनशैलीको अनुभवसमेत लिन पाएका छन्।

आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा बढ्याे पर्यटकको चहलपहल

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ।

#पर्यटक #अन्नपूर्ण
Compare →
Onlinekhabar
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

२२ कात्तिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दशैं, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको …

#पर्यटक #अन्नपूर्ण
Compare →
Hamro Patro News
5d ago
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

अनुकूल मौसम र दसैँ–तिहारको बिदाका कारण म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम...

#पर्यटक #अन्नपूर्ण
Compare →
Bizshala
1d ago
बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

बाढीपछि गोसाइँकुण्डमा फर्किन थाले पर्यटक, स्थानीय व्यवसायमा राहत

काठमाण्डौ । बाढीका कारण सुस्ताएको रसुवाको गोसाइँकुण्ड क्षेत्रको पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ। सडक तथा...

#पर्यटक
Compare →

Related Stories

World News
Build #2611