Trending
Prev Story
Next Story

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

Ekantipur •
November 12, 2026 • 09:02 AM
2
2 reads 0 reactions

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

सन्दीपको हृयाट्रिकसहित ६ विकेटको कीर्तिमान, पोखराविरुद्ध विराटनगरलाई सामान्य लक्ष्य

सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

काठमाडौँ — सन्दीप लामिछानेले युवराज समराको उत्कृष्ट इनिङलाई छाॅयामा पार्दै हृयाट्रिकसहित कीर्तिमानी बलिङ गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार पोखरा एभेन्जर्सविरुद्धको खेल जित्न १ सय ३३ रनको लक्ष्य पाएको छ ।

सामराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अर्को उत्कृष्ट इनिङ्स खेल्नेक्रममा ४७ बलमा ८४ रन बनाए । तर कप्तान सन्दीपले हृयाटिकसहित ६ विकेट लिएपछि टस जितेर ब्याटिङमा आएको पोखरा १७.५ ओभरमा १ सय ३२ रनमा अलआउट भयो ।

कर्णाली याक्सविरुद्धको अघिल्लो खेलमा ४५ बलमा शतक बनाएका सामराले आफ्नो इनिङ्समा ७ चौका र ५ छक्का प्रहार गरे । सामरालाई सन्दीपले १५ औं ओभरमा आउट गरेपछि पोखराले अन्तिम ५ विकेट १० रनका लागि गुमाएको थियो ।

१५ औं ओभरमा सामराले पहिलो दुई बलमा सन्दीपलाई छक्का र चौका प्रहार गरेका थिए । सन्दीपले त्यसपछि सामरालाई प्वाइन्टमा इसुरु उडानको हातबाट क्याच गराए । अर्को लगातार दुई बलमा सन्दीपले पोखराका कप्तान चामिका करुणारत्ने र किरण ठगुन्नालाई एलबीडब्लु आउट गरेका थिए । एनपीएल ३ मा यो पहिलो हृयाट्रिक विकेट हो ।

अघिल्लो ५ खेलमा १ विकेटमात्र लिनका सकेका सन्दीप एनपीएल ३ को एकै खेलमा ५ विकेट लिने पहिलो खेलाडी पनि बने । उनले सबै ६ विकेट ३ ओभर भित्र लिएका थिए । सन्दीपले कुल ४ ओभरमा २७ रन खर्चेर ६ विकेट लिएका हुन् ।

एनपीएल इतिहासको यो दोस्रो उत्कृष्ट बलिङ प्रदर्शन हो । गत वर्ष काठमान्डु गोर्खाजका शाहव आलमले पोखराविरुद्ध नै ४ ओभरमा २५ रन खर्चेर ६ विकेट लिएका थिए, जुन एनपीएल इतिहासकै उत्कृष्ट बलिङ प्रदर्शन पनि हो । एनपीएल इतिहासमा ३ पटक एकै खेलमा ६ विकेट सम्भव भएको छ । २०२४ को पहिलो सिजनमा कर्णाली याक्सका विलियम बोसिस्टोले पोखराविरुद्ध २८ रन खर्चेर ६ विकेट लिएका थिए ।

सामराबाहेक पोखराबाट सन्नी विकले १२ र धनन्जय लक्षणले १५ बलमा समान १ चौका र छक्का प्रहार गरि २२ रन बनाउनु बाहेक अन्यले दोहोरो स्कोर पनि बनाउन सकेनन् । अर्जुन कुमाल १, कुशल भुर्तेल शुन्य, अर्जुन घर्ती ५, रमेश मेन्डिससहित करुणारत्ने र किरण खाता नखोली आउट भएका थिए । विपिन खत्री ५ रनमा आउट भए ।

सन्दीपबाहेक विराटनगरबाट एन्जेलो म्याथ्यु, चारिथ असलंका र रुपेश र्सिहले १–१ विकेट लिए ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
10h ago
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको छ । हालसम्म सुदूरपश्चिम रोयल्स ...

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Onlinekhabar
just now
एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

एनपीएल : लुम्बिनीलाई शीर्ष स्थानमा पुग्ने मौका, विराटनगरलाई प्लेअफको दबाब

२८ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज एउटा मात्रै खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे हुने खेलमा लुम्बिनी लाइन्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ । अंक …

#एनपीएल #प्रिमियर-लिग #विराटनगर
Compare →
Arthasansar
11h ago
जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

जनकपुरको कमजोर ब्याटिङ, चितवनलाई जितका लागि ८९ रनको लक्ष्य

चितवन राइनोजका बलरहरुले घातक बलिङ गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले ८९ रनको झिनो लक्ष्य प्रस्तुत गरेको छ।...

#एनपीएल #प्रिमियर-लिग #लक्ष्य
Compare →
Nagarik News
12h ago
विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगरमा जग्गाको कित्ताकाट खुलाउने तयारी

विराटनगर महानगरपालिका क्षेत्रभित्र जग्गाको कित्ताकाट खुलाउने प्रक्रिया अघि बढेको छ। भू–उपयोग क्षेत्र वर्गीकरणको प्रक्रिया पूरा गरी महानगरपालिकाले आवश्यक विवरण नापी कार्यालयमा पठाएपछि कित्ताकाटसम्बन्धी काम अघि बढाउने बाटो खुलेको हो।

#विराटनगर
Compare →

Related Stories

Sports
Build #2612