बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।
संखुवासभा — संखुवासभाको खाँदबारी नगरपालिका–४, सेखाहामा चट्याङ पर्दा दुई जना घाइते भएका छन्।
बुधबार साँझ परेको चट्याङका कारण स्थानीय ५३ वर्षीय गणेशप्रसाद गुरुङ र मकालु गाउँपालिका–५ घर भई हाल मामाघर आएका २२ वर्षीय रविन गुरुङ घाइते भएको डिस्सपी कुमारप्रसाद मैनालीले बताए ।
चट्याङ लागेर गणेशप्रसाद गुरुङको निधार र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको छ। त्यस्तै, रविन गुरुङको बायाँ हातमा चोट लागेको र अवस्था सामान्य रहेको छ। घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ।