Trending
Prev Story
Next Story

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

Nagarik News •
November 10, 2026 • 02:04 PM
3
3 reads 0 reactions

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

भाइटीकाको दिन विभिन्न भू-भागमा वर्षाको सम्भावना

यस वर्षको भाइटीकाको दिन अर्थात् बुधबार काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा हल्का वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले विशेषगरी मध्यदेखि पूर्वतिरका भू-भागमा वर्षा र हिमपातको सम्भावना बढी छ।

महाशाखाले जारी गरेको विशेष पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भेगका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए।

उनका अनुसार मधेश तथा कोशी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा समेत छिटपुट पानी पर्ने सम्भावना छ। यसअघि सोमबार रुकुम पूर्वमा मध्यम वर्षा भएको उनले बताए।

भाइटीकाको दिन काठमाडौं उपत्यकाका केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले पनि सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं उपत्यकाका केही ठाउँमा पनि हल्का वर्षाको सम्भावना कायमै छ।’

भाइटीकापछिको मौसमबारे जानकारी दिँदै डा. पोखरेलले बिहीबारदेखि आइतबार (कात्तिक २६-२९) सम्म दिउँसो केही ठाउँमा बादल लागे पनि वर्षाको सम्भावना भने निकै न्यून रहेको उल्लेख गरेका छन्।

प्रकाशित: २४ कार्तिक २०८३ १९:४९ मंगलबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
21h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #सम्भावना
Compare →
Ekantipur
1d ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #सम्भावना
Compare →
Hamro Patro News
1d ago
आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

आइतबार असिना-चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना ५ मिनेट अघि काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण आगामी आइतबार (कात्तिक २९) देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा मौ...

#वर्षा #सम्भावना
Compare →
Onlinekhabar
1d ago
हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

हिमाली भेगका एक दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

२७ कात्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ भने तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान …

#भाग #वर्षा #सम्भावना
Compare →

Related Stories

World News
Build #2612