Trending
Prev Story
Next Story

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

Ekantipur •
November 10, 2026 • 02:31 PM
3
3 reads 0 reactions

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

अमेरिकाको मध्यस्थतामा अबुधाबीमा रुस–युक्रेनबीच चार घण्टा वार्ता

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ

अबुधाबी — अबूधाबीमा रुस र युक्रेनबीच अमेरिकी मध्यस्थतामा करिब चार घण्टा लामो वार्ता सम्पन्न भएको छ । झन्डै पाँच वर्षअघि मस्कोले सुरु गरेको पूर्ण स्तरको युद्धलाई अन्त्य गर्ने उद्देश्यले अमेरिकाको पहलमा मङ्गलवार संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा त्रिपक्षीय वार्ता सुरु भएको हो। फेब्रुअरीयता त्रिपक्षीय बैठक बसेको पहिलो पटक बसेको हो ।

सुरक्षा ग्यारेन्टीलाई मुख्य एजेण्डा बनाइएको यो दुई–दिने बैठकको पहिलो दिन करिब चार घण्टा छलफल भएको रुसी समाचार संस्था ‘रिया नोभोस्ती’ ले जनाएको छ । युक्रेनी वैदेशिक गुप्तचर सेवाको कार्यालयका अनुसार वार्ता बुधवार पनि पुनः सुचारु हुने तय  छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ तथा मध्यस्थकर्ता जेरार्ड कुशनरले वार्ता सकारात्मक रुपमा अघि बढेको र समझदारीका केही उपायमा पुग्न सकिने विश्वास व्यक्त गरेका छन्।

विगतका अनुभवहरूबाट सिकेर अगाडि बढ्ने लक्ष्य राखिएको कुशनरले बताएका छन् । बैठकको सुरुवाती मन्तव्यमा कुशनरले विगतका संस्थागत अभ्यासहरूको समीक्षा गर्दै दशकौँ वा शताब्दीऔंसम्म शान्ति कायम गर्न सकिने नयाँ खाका तयार पार्नु नै मुख्य उद्देश्य रहेको उल्लेख गरे ।

यस्तै, अमेरिकी जनरल तथा नाटो कमाण्डर एलेक्सस ग्रिन्केविचले विगतमा सैन्य स्तरको संवादमा केही राम्रो प्रगति भएको बताउँदै दुवै पक्षसँग सहकार्य गर्न अमेरिका उत्सुक रहेको जनाए ।

युक्रेनी प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका वैदेशिक गुप्तचर सेवा प्रमुख रुस्तेम उमेरोभले रुसी आक्रमण अन्त्य गर्न अमेरिकाले खेलेको भूमिकाप्रति धन्यवाद् ज्ञापन गर्दै आफ्नो देशले दिगो शान्ति प्राप्त गर्ने आशा व्यक्त गरे ।

वार्ताअघि युक्रेनी टोलीले अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली, नाटो र युरोपेली आयोगका प्रतिनिधिहरूसँग प्रारम्भिक बैठक गरेको उमेरोभले बताए । रुसी प्रतिनिधिमण्डलका प्रमुख भ्लादिमिर मेडिन्स्कीले पनि यो बैठकले रुस र युक्रेनका जनताको हितमा शान्तिको बाटोमा अगाडि बढ्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

यस वर्षको सुरुमा भएका तीनवटा अघिल्ला चरणका वार्ताहरूमा कुनै पनि ठोस प्रगति  भएको थिएन । जर्मन चान्सलर फ्रेडरिक मेर्जले सोमबार राति ‘जेडडीएफ’ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा यस वार्ताबाट पनि धेरै ठूलो अपेक्षा गर्न नसकिने बताए ।

रुस–युक्रेनबीच पछिल्लो समय वार्ताको तयारीसँगै युद्ध पनि जारी छ । युक्रेनी वायुसेनाका अनुसार रुसले सोमबार रातभरमा १६२ वटा विभिन्न प्रकारका ड्रोन र एक वटा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । यता, रुसी रक्षा मन्त्रालयले पनि युक्रेनतर्फबाट प्रहार गरिएका १५५ वटा ड्रोनमध्ये अधिकांशलाई खसालिएको जनाएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
अमेरिका, रुस र युक्रेनबीच आबुधाबीमा वार्ता : ठूलो परिमाणमा बन्दी साटफेर गर्ने सहमति

अमेरिका, रुस र युक्रेनबीच आबुधाबीमा वार्ता : ठूलो परिमाणमा बन्दी साटफेर गर्ने सहमति

काठमाडौं । रुस, युक्रेन र अमेरिकाबीच संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा दुई दिनसम्म चलेको शान्ति वार्ता सम्पन्न भएको छ । वार्ताका क्रममा रुस र युक्रेन ठूलो परिमाणमा बन्दी साटफेर गर्न सहमत भएका...

#अमेरिका #रुस #युक्रेनबीच
Compare →
Nagarik News
23h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#सुरक्षा #अमेरिका
Compare →
Arthasansar
2d ago
इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानद्वारा अमेरिकासँगको वार्ता अस्वीकार: सर्त पूरा नभएसम्म होर्मुज नखुल्ने

इरानका सुरक्षा प्रमुख मोहसेन रेजाईले तेहरानले वार्ताका लागि अमेरिकाअघि सारेका सातवटा सर्तको जवाफ पर्खिरहेको बताएका छन्। यसका साथै उनले वासिङ्टनसँग...

#सुरक्षा #अमेरिका
Compare →

Related Stories

World News
Build #2612