Trending
Prev Story
Next Story

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

Onlinekhabar •
November 10, 2026 • 01:00 PM
2
2 reads 0 reactions

२४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ । जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको …

सुदूरपश्चिमले जनकपुरलाई दियो १२१ रनको लक्ष्य

२४ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग लिग (एनपीएल) मा मंगलबार पहिलो संस्करणको विजेता जनकपुर बोल्ट्सलाई १२१ रनको लक्ष्य दिएको छ ।

जनकपुरका बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि टीयू मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको दुई पटकको उपविजेता सुदूरपश्चिम रोएल्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२० रन बनाएको हो ।

सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमुलेनले २३ बल खेल्दै समान २ चौका र २ छक्का मदतमा सर्वाधिक ३३ रन बनाए । आरिफ शेखले ११ तथा ओपनरद्वय सैफ अली जैब र विनोद भण्डारीले समान १० रन जोडे ।

थरिन्दु रत्नायकेले २८ बल खेल्दै १ चौका र २ छक्का मदतमा अविजित २७ रन बनाए ।

ओपनर सैब जैब र भण्डारीले पहिलो विकेटका लागि २२ रनको साझेदारी गरेका थिए । यो नै सुदूरपश्चिमको इनिङ्समा उच्च साझेदारी रह्यो । त्यसपछि सुदूरपश्चिमले राम्रो साझेदारी गर्न सकेन भने नियमित अन्तरमा विकेट गुमाउँदा ठूलो स्कोर बनाउन सकेन ।

टसका क्रममा सुदूरपश्चिमका कप्तानले १७० रन बनाउने बताएपनि जनकपुरका बलरले सुरुवातदेखि नै दबाबमा राख्दा सुदूरपश्चिम कम स्कोरमै समेटियो ।

जनकपुरका लागि कप्तान हर्मीत सिंहले ४ ओभर बलिङ गर्दै १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । हेरी टेक्टर, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले १-१ विकेट लिए । यसै खेलबाट एनपीएलमा डेब्यु गरेका आइरिस खेलाडी टेक्टरले ४ ओभरमा जम्मा ९ रन मात्र खर्चिए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

एनपीएलः चितवनलाई जनकपुरले दियो ८९ रनको सामान्य लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले चितवन राइनोजसामु ८९ रनको लक्ष्य प्रस्तुत गरेको छ। सुरुवातबाटै कमजोर प्रदर्शन गरेको जनकपुरले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ८८ रनको योगफल तयार पारेक...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
17h ago
सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

सुदूरपश्चिमले काठमान्डुलाई दियो १२६ रनको लक्ष्य, दीपेन्द्रको अर्धशतक

कप्तान दीपेन्द्र सिंह ऐरीले संयमित ब्याटिङ गर्दै अर्धशतक बनाएपछि सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई १२६ रनको...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
15h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
14h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #जनकपुर
Compare →

Related Stories

World News
Build #2612