Trending
Prev Story
Next Story

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

Ekantipur •
November 10, 2026 • 11:32 AM
3
3 reads 0 reactions

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

पहिलो सिजनका फाइनलिस्ट जनकपुर र सुदूरपश्चिम भिड्दै

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

काठमाडौँ — सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा मंगलबार जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

प्रतियोगिताको अघिल्ला तीन खेलमा पहिला ब्याटिङ गर्ने टोलीले खेल जित्दै आएका छन् । त्यसमा काठमान्डु गोर्खाजले दुई खेल जितेर अंक तालिकाको शीर्ष स्थानमा पुगिसकेको छ ।

शीर्ष चारमा परेर प्ले अफ पुग्नका लागि दुबैका लागि यो खेल जित्नै पर्ने दबाब रहेको छ । २–२ खेल खेल्न बाॅकी रहेको अवस्थामा सुदूरपश्चिमको ६ र जनकपुरको ४ अंक छ । पराजय बेहोर्ने टोली बाहिरिने अवस्थामा पुग्न सक्छन् । यस खेल जितेमा सुदूरपश्चिम कम्तिामा दोस्रो स्थानमा पुग्ने छ भने जनकपुरको हकमा यो खेल जितेमा तेस्रो स्थानमा उक्लने छ ।

जनकपुर बोल्ट्सले जिम्बावेका रायन बर्ल र आयरल्यान्डका हृयारी ट्रक्टरलाई खेलाएको छ । उनीहरु दुबै प्रतियोगितामा पहिलो खेल खेलिरहेका हुन् । बर्ल र ट्रक्टरले बंगलादेशी जोडी परवेज इमाने र सैफ हसनको स्थान लिने छन् । राष्ट्रिय टोलीमा बोलाइएपछि दुबै बंगलादेश फर्किसकेका छन् ।

सुदूरपश्चिमले अघिल्लो खेल खेलेको टोलीबाट कुनै परिवर्तन गरेको छैन । कर्णाली याक्सविरुद्ध अघिल्लो खेलमा ३९ रनको विजय हात पारेको टोलीलाई नै विश्वास राखेको छ ।

जनकपुर बोल्ट्सका कप्तान हरमित सिंह पहिलो पटक सुदूरपश्चिम रोयल्सविरुद्ध खेलिरहेका छन् । अघिल्लो दुई सिजन हरमितले सुदूरपश्चिमबाट खेलेका थिए र आफ्नो प्रभावशाली प्रदर्शनमा दुबै पटक टोलीलाई फाइनलमा पुर्याएका थिए । दुई वर्ष अघि पहिलो सिजनमा जनकपुरले सुदूरपश्चिमलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
20h ago
‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’

‘जनकपुरमा अवसर पाइनँ, सुदूरपश्चिम आएर आफूलाई प्रमाणित गरेँ’ केहि सेकेन्ड अघि काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-३ अन्तर्गत शुक्रबार काठमाडौं गोर्खाजविरुद्ध ७ रनको रोमाञ्चक जित निकाल्दै प...

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Arthasansar
20h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Onlinekhabar
20h ago
जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

जनकपुरले जित्यो टस, चितवनलाई फिल्डिङको निम्तो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को जारी तेस्रो सिजनअन्तर्गत शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेको छ। टस जितेर जनकपुरले चितवन राइनोजलाई फिल्डिङको निम्तो दिएको हो। आजको खेलमा जनकपुरले एक परिवर्तन गरेको छ । …

#एनपीएल #प्रिमियर-लिग #जनकपुर
Compare →
Nagarik News
20h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612