Trending
Prev Story
Next Story

लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए !

Nagarik News •
November 09, 2026 • 11:43 AM
2
2 reads 0 reactions

प्रहरीका अनुसार ऋण तिर्न नसकेपछि उनले गहना पसलमा ग्राहक बनेर जाने र गहना हेर्ने बहानामा लिएर भाग्ने योजना बनाए।

लोक सेवा पास भएनन्, व्यवसायमा घाटा लाग्यो, ऋण तिर्न सुनको सिक्री चोरेपछि समातिए !

सरकारी जागिर खाने सपना पूरा गर्न नसकेपछि ऋणको बोझमा परेका एक व्यक्ति चोरीको आरोपमा पक्राउ परेका छन्।

भारतको बिहारका एक व्यक्ति मुम्बईको गहना पसलबाट ५ लाख भारु मूल्यको सुनको सिक्री चोरी गरेको आरोपमा एक वर्षपछि पक्राउ परेका हुन्।

पक्राउ पर्नेमा ४२ वर्षीय सतीश कुमार कृष्णप्रसाद केसरी छन्। कम्प्युटर विज्ञानमा स्नातक गरेका उनी भारतीय प्रशासनिक सेवाको अधिकारी बन्न चाहन्थे। त्यसका लागि उनले पार्ट टाइम काम गर्दै संघ लोक सेवा आयोगको परीक्षा तयारी गरे पनि सफल हुन सकेनन्।

त्यसपछि उनले चर्चित टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ मा भाग लिए। तर, ‘फास्टेस्ट फिंगर फर्स्ट’ चरण पार गर्न नसक्दा हट सिटमा पुग्ने उनको सपना पनि अधुरै रह्यो।

एनडीटीभी का अनुसार त्यसपछि उनले श्रीमतीसँग मिलेर टुर्स एन्ड ट्राभल्स (भ्रमण तथा यातायात) व्यवसाय सुरु गरे। व्यवसायका लागि ऋण लिएर ४-५ वटा गाडी किने र ओला तथा उबरमा दर्ता गराए। तर, व्यवसायमा घाटा भएपछि उनी ऋणको बोझमा परे।

प्रहरीका अनुसार ऋण तिर्न नसकेपछि उनले गहना पसलमा ग्राहक बनेर जाने र गहना हेर्ने बहानामा लिएर भाग्ने योजना बनाए। सोही योजनाअनुसार २०२५ नोभेम्बर १५ मा मुम्बईको कांदिवली पश्चिमस्थित पद्मावती ज्वेलर्सबाट ४३.२ ग्राम तौलको सुनको सिक्री चोरी गरेर फरार भएको आरोप छ। उक्त सिक्रीको मूल्य ५ लाख भारु थियो।

प्रहरीबाट बच्न उनले मुम्बईको एक छात्रावासमा नक्कली आधार कार्ड प्रयोग गरेका थिए। मोबाइल फोनसमेत बन्द गरेर बसेका उनलाई प्रहरीले सिसिटिभी दृश्य र प्राविधिक अनुसन्धानका आधारमा खोजी गरेको थियो।

एक वर्षको खोजीपछि मुम्बई प्रहरीले २८ अक्टोबरमा दिल्लीको उत्तम नगरबाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले चोरी भएको सुनको सिक्रीसमेत बरामद गरेको छ। प्रहरीका अनुसार सोधपुछका क्रममा केसरीले कांदिवलीको घटनासँगै मुम्बईको डिन्डोशी क्षेत्रमा भएको अर्को यस्तै चोरीमा पनि संलग्नता स्वीकार गरेका छन्। उनी हाल प्रहरी हिरासतमा छन्।

प्रकाशित: २३ कार्तिक २०८३ १७:२८ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
3d ago
एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

एक वर्षमा सुनले दियो १७ प्रतिशत प्रतिफल, चाँदीको झन् धेरै

२४ कात्तिक, काठमाडौं । सुनमा लगानी गर्नेले एक वर्षमा १७ प्रतिशतको मूल्य प्रतिफल पाएका छन् । गत वर्ष कात्तिक २४ गते सुनको मूल्य नेपाली बजारमा प्रतितोला २ लाख ४१ हजार ५ सय रुपैयाँ थियो, जुन …

#सुन
Compare →
Arthasansar
18m ago
सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

सुनको मूल्यमा ११ हजार बढीको गिरावट, तोलामा कति ?

पछिल्लो समय नेपाली बजारमा सुनको मूल्य लगातार रुपमा घटी रहेको छ । तिहार अघि र तिहार खुले पछिको कारोबार गरि...

#सुन
Compare →
Bizshala
18h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन
Compare →
Hamro Patro News
19h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुन
Compare →
Ekantipur
20h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612