Trending
Prev Story
Next Story

पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

Ekantipur •
November 09, 2026 • 11:32 AM
2
2 reads 0 reactions

लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्‍यो ।

पोखरा एभेन्जर्सले बाँकी खेलमा शतप्रतिशत प्रदर्शनका लागि खेल्ने

लगातार ४ हारपछि पोखराले ब्याटिङ, बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गर्दै कर्णालीमाथि ६३ रनको जित हात पार्‍यो ।

काठमाडौं — ओपनर युवराज सामराको शतकको मद्दतले पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन सोमबार आफ्नो पहिलो जित निकालेको छ र यसमा कप्तान चमिका करुनारत्नेले राहत महसुस गरेको बताएका छन् । श्रीलंकाली खेलाडी करुनारत्नेले खेलपछि भने, ‘हामी सबै खुसी छौं । आज हाम्रो ब्याटिङ, बलिङ र फिल्डिङ राम्रो रह्‍यो । विशेषतः सामरा र कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे ।’ लिग चरणका सुरुआती ४ खेल गुमाएपछि पोखराको यो पहिलो २ अंक हो ।

उनल थपे, ‘प्ले अफमा हाम्रो सम्भावना निकै कमजोर रहेको छ । तर हाम्रो सम्भावना समाप्त भएको छैन । त्यसैले अबका खेलमा अझ उत्कृष्ट खेल्ने प्रयास गर्नेछौं । आजको खेलमा हाम्रो वास्तविक प्रदर्शन सम्भव भयो, अब यस्तै खेल दोहोर्‍याउन प्रयास हुनेछ ।’

खेलको निर्विवाद ‘प्लेयर अफ द म्याच’ सामरा नै भए । उनले ४८ बलमै १०२ रन बनाए । प्रतियोगिताकै इतिहासमा यो चौथो शतक हो । क्यानाडेली ब्याटर सामराले १० चौका र ६ छक्का प्रहार गरे । त्यसमै टिकेर पोखराले टस जितेर पहिले ब्याटिङ गर्दै ३ विकेटमा २१७ रन बनाएको थियो ।

खेलपछि सामराले भने, ‘म यो शतकमा खुसी छु र नेपालमा खेल्न पाएकोमा पनि आभारी छु । नेपालमा क्रिकेट खेल्नुको मज्जा नै बेग्लै छ । समर्थक पनि उत्तिकै प्रशंसायोग्य छन् । टिमलाई पहिलो जित दिलाउन सकेको पनि उत्तिकै खुसी छु ।’

सुरुका २ खेल जितेर शानदार सुरुआत गरेको कर्णालीले त्यसपछिका ३ खेल लगातार गुमाएको थियो । यो हारले उसको प्ले अफका लागि छनोट हुने सम्भवना पनि कमजोर भएको छ । कप्तान सोमपाल कामीले अहिलेको स्थितिमा निराशा पोखे ।

जितका लागि २१८ रन पछ्याएको कर्णालीले १८.३ ओभर मात्र टिकेर अलआउट हुन अगाडि १५४ रन मात्र जोड्न सक्यो । सोमपालले भने, ‘जति बेला २०० माथिको लक्ष्य हुन्छ, टिम दबाबमा आउँछ । हामीले पावर प्लेमा पनि राम्रो गर्न सकेनौं, त्यसैले पराजित रह्‍यौं ।’ उनले टिमका बाँकी २ खेल जित्ने पनि विश्वास पोखे ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#पोखरा #एभेन्जर्स
Compare →
Hamro Patro News
1d ago
पोखरा एभेन्जर्सविरुद्ध सन्दीपको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

पोखरा एभेन्जर्सविरुद्ध सन्दीपको घातक बलिङ, ह्याट्रिकसहित लिए ६ विकेट

काठमाडौँ- विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट बलिङ प्रदर्शन गर्दै ह्याट्रिकसहित ६ विकेट लिएका छन्। पोखरा एभेन्जर्सविरुद्ध उनले यस्तो प्रदर्शन गरेका हु...

#प्रदर्शन #पोखरा #एभेन्जर्स
Compare →
Nagarik News
1d ago
आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवास महँगीविरुद्ध स्पेनमा देशव्यापी प्रदर्शन, प्रहरीसँग झडप

आवासको बढ्दो मूल्य र जीवनयापनको लागतविरुद्ध स्पेनभरि भएको देशव्यापी प्रदर्शनका क्रममा म्याड्रिड र बार्सिलोनामा प्रहरी तथा प्रदर्शनकारीबीच झडप भएको छ।

#प्रदर्शन
Compare →
Onlinekhabar
1d ago
सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

सन्दीपको ६ विकेटमा विराटनगरको तेस्रो जित, पोखरा प्लेअफ होडबाट बाहिरियो

२६ कात्तिक, काठमाडौं । कप्तान सन्दीप लामिछानेले ह्याट्रिक सहित ६ विकेट लिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले बिहीबार पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ । पोखराले दिएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ …

#पोखरा
Compare →

Related Stories

Sports
Build #2612